हेटौंडा उपमहानगरपालिकामा कार्यरत स्वयंसेविकालाइ सम्मान
१६ औं महिला स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा हेटौडा उपमहानगरपालिकामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान तथा बिदाई गरिएको छ ।
हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय, आयुर्वेद तथा जनस्वास्थ्य प्रवर्द्धनको आयोजनामा आइतबार ५ जनालाई सम्मान तथा बिदाई गरिएको हो ।
हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरि बहादुर महतको प्रमुख आतिथ्यतामा ६० वर्ष उमेर कटेका स्वयम्सेविकाहरुलाई सम्मान तथा बिदाई गरिएको हो ।
महिला स्वयंमसेविकाहरुको योगदानको राज्यले अझै कदर गर्न नसकेको स्वयंसेविकाहरुले गुनासो गरेका छन ।
कार्यक्रममा उपमहानगरपालिकाले नगद ५० हजार र सम्मान–पत्रसहित गीता जोशी, दुर्गा खतिवडा, ललिता बाँनिया, सिता कुमारी बराल र कृष्णमाया अधिकारीलाई सम्मान गरेको हो भने ३ नम्बर प्रदेशले २० हजार रुपैयाँ थप गर्ने समेत जनाएको छ ।
त्यसैगरी, स्वयम्सेविका दिवसको अवसरमा भएको हाजिरी जवाफ प्रतियोगितामा प्रथम हुने लक्ष्मी अधिकारीको समुहलाई नगद ४ हजार ५ सय, द्धितीय हुने कल्पना पराजुलीको समुहलाई नगद ३ हजार ६ सय र तृतीय हुने शान्ती कार्कीको समुहलाई नगद २ हजार ४ सय प्रदान गरिएको छ ।
महिला स्वास्थ्यस्वयम्सेविका नगर समन्वय समिति अध्यक्ष बेगम बरालको सभाध्यक्षतामा भएको कार्यक्रममा आयुर्वेद तथा जनस्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख रमण झा, सह–ईन्चार्ज भोला चौलागाईं, सामाजिक विकास समिति संयोजक अनिल कुमार बाँनिया, हेटौंडा उपमहानगरपालिकाका निमित्त प्रशमसकीय अधिकृत पूर्ण बहादुर अछामी, सामाजिक विकास शाखा प्रमुख भिम तिमल्सिनाको उपस्थिति रहेको थियो ।