विपि कप फुटवल हेटाैडामा हुने

छहारी संवाददाता
मंसिर २९, २०७६

 हेटौंडामा पुस १० गतेदेखि दोस्रो वि.पी. कप फुटबल प्रतियोगिता सुरु हुने भएको छ ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ जिल्ला कार्य समिति, मकवानपुरले पत्रकार सम्मेलन मार्फत विपी कोइराला मेलमिलापको लागि स्वदेश फर्किएको दिनको सम्झनामा १६ गते समापन गर्ने गरी १० गतेबाट प्रतियोगिता सुरु गर्ने जानकारी गराएको हो ।

प्रतियोगितामा सहभागी हुन निः शुल्क टिम दर्ताको व्यवस्था गरिएको र आगामी पुस ८ गते दिउँसो ३ बजेसम्म टिम दर्ता गरिसक्नु पर्ने जनाइएको छ ।

प्रतियोगिताबारे जानकारी दिँदै संयोजक प्रदिप कँडेल र पत्रकार सम्मेलनमा सहभागी अतिथि तथा संघका प्रतिनिधिहरु

प्रतियोगिताबारे जानकारी दिँदै संयोजक प्रदिप कँडेलले एक टिममा १४ खेलाडी, एक व्यवस्थापक, एक प्रशिक्षक गरि जम्मा १६ जना समावेश गराउन पाईने बताए ।

नेपाली काँग्रेसका युवा तथा खेलकूद विभाग सुनिल दाहालले प्रतियोगितामा २८ वटा टिम सहभागी हुने आँकलन गरेका छन । जिल्लामा पार्टीको गतिविधि तथा खेलकूदमा युवा वर्गलाई क्रियाशील गराउन भन्दै आयोजना गरिएको प्रतियोगितामा खेल्नको लागि कांग्रेसमा आबद्ध वा शुभेच्छुकले सहभागी हुन पाउनेछन् भने खेलाडी मकवानपुर जिल्लाबासी नै हुनुपर्ने बताइएको छ । प्रतियोगिताका लागि कूल ७ लाख २० हजार रुपैयाँ लाग्ने आयोजकको अनुमान छ ।

प्रतियोगिताको विजेताले ५० हजार नगद, पाउनेछन् भने उपविजेता हुने टिमले २५ हजार नगदसहित शिल्ड, मेडल, प्रमाण–पत्र पाउनेछन् । त्यस्तै, विभिन्न विद्याका विद्यागत उत्कृष्ट खेलाडीहरुलाई ट्रफि, प्रमाण–पत्र तथा २५ सय रुपैयाँ नगद प्रदान गरिनुका साथै प्रत्येक खेलका सहभागी टिमलाई म्यान अफ द म्याच स्वरुप १ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*