सडकका लागि ३२ मिटर भत्काउन साहस गर्नुस् : मुख्यमन्त्री पौडेल
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौडा बजार क्षेत्रमा ३२ मिटर बाटो भत्काउन साहस देखाउन आग्रह गर्नुभएको छ ।
नारायणी यातायात कम्पनिको प्रथम वार्षिक साधारण सभाको आज हेटौंडामा उद्घाटन् गर्दै उहाँले ५० मिटर बाटो नभत्किनेमा ढुक्क हुन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो–‘चारलेनको बाटो , फुटपाथ, वोटविरूवा सहित ३२ मिटरको सडक बन्छ । भारतिय गाडिहरू व्यवस्थापन गर्ने बताउँदै उहाँले भन्नुभयो–‘अन्तर्राष्ट्रिय सन्धि सम्झौताले हामी वाधियका छौ ।’
अहिले संक्रमणकालको समय रहेको भन्दै मुख्यमन्त्री पौडेलले नयाँ संरचनालाइ स्विकार गर्न समय लाग्ने वताउनुभयो ।
प्रदेश सरकारले ३० वटा विधुतिय वस वैशाखबाट सुरू गर्ने योजना बनाई खरिद प्रक्रियामा गएको उहाँले बताउनुभयो । सरकारको प्राथमिकता विधुतिय सार्वजनिक सवारीमा हुने भन्दै उहाँले १० वर्ष भित्र डिजेल पेट्रोल मुक्त नेपाल बनाउने बताउनुभयो ।
कार्यक्रममा मकवानपुर क्षेत्र नम्बर १ का सांसद तथा अर्थ समिति सभापति कृष्ण प्रसाद दाहाल, राष्ट्रिय सभाका सदस्यहरु रामनारायण विडारी, रामचन्द्र राइ, प्रदेश सभाका सदस्य मुनु सिग्देल, नेकपाका केन्द्रीय सदस्य केदार न्यौपाने, मकवानपुर बहुमुखी क्याम्पसका संचालक समितिका अध्यक्ष अनन्त पौडेल लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम नारायणी कम्पनिका अध्यक्ष गोकर्ण पराजुलीको अध्यक्षतामा भएको हो ।