साना सवारी मात्रै चल्ने सहमती पछि टिसेनमा स्थानीयको अवरोध हट्यो

छहारी संवाददाता
मंसिर २७, २०७६

साना सवारी  मात्रै चल्न दिने सहमती पछि स्थानियले  केहिबे बन्द गरेको  हेटौंडा १० टिसेन बाइपास सडक खुलेको छ।

खाल्डाखुल्डी भएको र बाटो साघुरो भएको अवस्थामा पनि भारी मालवाहक सवारी साधन गुडेको भन्दै स्थानीयले आज बिहान केहिबेर सडक अवरुद्ध गरेका थिए । 

बस्ती भित्रका बाटोमा ढलान गरेर बजेट सक्ने तर गाडी चल्ने व्यस्त सडकको मर्मतमा भने चासो नदेखाएको भन्दै स्थानीयले सडक अवरुद्ध पारेका थिए।

आइतबार हेटौंडा उपमहानगरपालिका प्रमुखसंग बसेर छलफल गर्ने र भारी मालवाहक बाहेक अन्य सवारी चल्न दिने सहमति पछि बाटो खुलेको वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*