हेटौंडा अस्पतालमा भौतिक पूर्वाधार थपीदै
प्रदेश ३ सरकारले हेटौंडा अस्पताललाई थप सुधारको काम गर्ने भएको छ ।
मकवानपुरमा स्वास्थ्य समस्या समाधान गर्ने उदेश्यका साथ हेटौंडा अस्पताललाई पहिले भौतिक पूर्वाधारबाट सुबिधा सम्पन्न बनाउने योजना अगाडी सारिएको छ ।
अहिले पनि हेटौंडा अस्पतालको भवन निर्माण भइरहेको छ । अस्पतालमा स्वास्थ्य कमजोर भईरहेको समयमा यसलाई सुधार गर्ने योजना अगाडी सारिएको छ ।
अहिले अस्पतालको २८ करोड रुपैयाँ लागतमा भवन निर्माणको काम भईरहेको छ । अझै पनि प्रदेश सरकारको सहयोगमा आउँदो आर्थिक बर्षमा भौतिक पूर्वाधारका काम गर्न लागिएको छ ।
हेटौंडा अस्पतालमा भवन निर्माण गर्नकै लागि आउँदो आर्थिक वर्षमा पाँच करोड रुपैयाँ बजेट छुट्याइएको प्रदेश नम्बर ३ का सामाजिक बिकाश मन्त्री युवराज दुलालले जानकारी दिनुभयो ।
अहिले भईरहेको इमरजेन्सी भवन भन्दा पछाडी नयाँ भवन निर्माण गर्ने उहाँले बताउनुभयो । पहिले भौतिक पूर्वाधारमा सुबिधा सम्पन्न गर्ने र त्यसपछी अस्पतालको स्वास्थ्यमा सुधारको काम गर्ने प्रदेश सरकारको तयारी छ ।
अहिले निर्माणाधिन भवन निर्माण भइसकेपछी माथील्लो तला निर्माण गर्नका लागि पनि प्रदेश सरकारले सहयोग गर्ने तयारी गरेको छ ।
पहिले भन्दा अहिले हेटौंडा अस्पतालमा स्वास्थ्यमा पनि सुधार आएको छ । स्वास्थ्यमा सुधार भएसंगै अस्पतालमा जचाउन जाने बिरामीको सख्या पनि बृद्धी भएको अस्पातलका स्वास्थ्यकर्मीहरु बताउँछन् । जनपत्रबाट