मकवानपुरमा १३२ जना क्षय रोगका नयाँ बिरामी
मकवानपुर जिल्लामा पछिल्लो दुई बर्षमा १३२ जना क्षयरोगका नयाँ बिरामी थपिएका छन् । क्षयरोगको क्षेत्रमा काम गर्दै आएको ‘विराट नेपाल मेडिकल ट्रस्टले संचालन गरेको ‘इम्पयाक्ट टिबी’ परियोजनामार्फत बिहिबार उक्त तथ्यांक सार्वजनिक गरेको हो ।
नेपालका चारवटा जिल्लामा क्षयरोगसम्बन्धी काम गर्दै आएको संस्थाले हालसम्म १०५० टार्गेट भएपनि १२०२ जना नयाँ बिरामी दुई बर्ष भित्र पत्ता लगाएको तथ्यांक सार्वजनिक गरेको छ्र । नेपाललाई क्षयरोगमुक्त राष्ट् बनाउने उदेश्यका साथ परियोजनाले विभीन्न जिल्लामा काम गर्दै आएको परियोजनाका रिसर्च एसोसिएट भोला राईले जानकारी दिए ।
‘सरकारले नै सन् २०३५ सम्ममा नेपाललाई नै क्षयरोगमुक्त देश घोसणा गर्ने लक्ष्य लिएको छ’ उनले भने, ‘सोहीअनुसार हामीले कार्यक्रम गर्दै आएका छौ । पछिल्लो चरणको कार्यक्रम सकिएको हुदाँ बिहिबार स्वास्थ्य कार्यालय मकवानपुर, स्वास्थ्य तह स्वास्थ्य शाखामा कार्यरत कर्मचारी तथा जनप्रतिनिधिहरुसंग समीकक्षयतमक गोष्ठी आयोजना गरेर समग्र कार्यक्रमबारे जानकारी गराइएको उनले बताए ।
स्वास्थ्य कार्यालय मकवानपुरले सरकारको योजनाअनुरुप बिभिन्न गैरसरकारी संघसंस्थाले गरेको काम सराहनीय भएको उल्लेख गर्दै त्यसले समाजमा सकरात्माक प्रभाव पारेको जनाएको छ ।
सरकारले लिएको लक्ष्यलाई पुरा गर्न सरकारी संस्थाले मात्रै प्रयास गरेर सम्भव छैन, स्वास्थ्य कार्यालय मकवानपुरको प्रमुख, प्रणय कुमार उपाध्यायले भने, त्यसका लागि बिएनएमटी नेपाल जस्तो गैरसरकारी संघसंस्थाको मकवानपुर जिल्लामा आवश्यक पर्दछ पनि उनले भने उनका अनुसार स्वास्थ्य कार्यालय मकवानपुरबाट हाल बिरामीले ६५० नियामित क्षयरोगकको औषधि सेवन गर्दै आएका छन् ।
बिएनएमटी नेपालका डा म्याक्सिन कजले घरघरमा गएर बिरामी खोज्नेले बिरामीको लक्षण सुरुभएदेखि उपचार नहुन्जेलसम्म जुन लाग्ने खर्च भन्दा आफैँ स्वास्थ्य संस्थामा आउने बिरामी बचेको अनुसन्धानबाट देखाइएको छ । जनपत्र