हेटौंडा ९ मा दुर्घटना, १ जनाको मृत्यु २ जना घाइते

छहारी संवाददाता
मंसिर २५, २०७६

पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौडा ९ पशुपति नगरमा रहेको नेपाल बैंक अगाडी मोटरसाइकलको ठक्करबाट  एक पैदल यात्रीको मृत्यु भएको छ । 

बिरगंजबाट हेटौडा आउदै गरेको ना ४२ प ७५०६ न.को मोटरसाइकलले अन्दाजी ४५ वर्षकि महिलालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपि मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।

महिलाको परिचय खुलेको छैन । उपचारको लागि हेटौडा अस्पताल  पुर्याइयकी महिलालाई अस्पतालले मृत घोषणा गरेको थियोे ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक पर्साको पर्सागढी ६ का अन्दाजो ३० बर्षका कन्चन ठाकुरको टाउकोमा चोट लागेको र उनकोबअवस्था गम्भिर रहेको एसपि सिंहले जानकारी दिनुभयो ।

मोटरसाइकल पछाडी सवार भरतपुर १० बस्ने ३५ वर्षकि सर्मिला थापा मगरको खुट्टा र हातमा चोट लागेको र अवस्था मघ्यम रहेको बताइयको छ ।

घाइते दुबै जनाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*