प्रविधिककाे अभावमा कृषि सम्वन्धि याेजनाहरू अलपत्र भएकाे जनप्रतिनिधिहरूकाे गुनासाे

छहारी संवाददाता
मंसिर २५, २०७६

देशमा संघियतामा गएपछि यता कृषक र कृषि केन्द्र बीचकाे दुरि बढेकाे मकवानपुर जिल्लाका स्थानिय जनप्रतिनिधिहरूले बताएका छन् ।

स्थानीय तहका जनप्रतिनिधीहरुले कृषि प्राबिधिकको अभावका कारण कृषि बिकासका योजनाहरु कार्यान्वयन गर्न नपाएको समेत गुनासो गरेका हुन् । 

भिमफेदि गाउपालिकाका अध्यक्ष हिदम लामाले कृषि प्राबिधिककाे अभावमा गत वर्ष गाउपालिकाले कृषि सम्वन्धि छुट्टयाइएको ४ कराेड रकम फ्रिज भएकाे गुनासाे व्यक्त गर्नुभएकाे छ । 

कृषि बिकास रणनितिबारे प्रदेश तीनको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले भएको स्थानीय तहका जनप्रतिनिधीसँगको अन्तर्क्रियामा बोल्दै स्थानीय कृषक समुह प्यानमा दर्ता हुनपर्ने प्राबधानले कृषक समुहहरुले सहज रुपमा कार्य गर्न नपाएको समेत गुनासो गरेका छन् ।

कार्यक्रममा कृषिको बिकासका लागि प्राबिधिक पक्षलाई ध्यान दिनुपर्ने प्रदेश नम्बर तीनका भुमिव्यवस्था कृषि, तथा सहकारी मन्त्री दाबा दोर्जे लामाले बताउनुभएको छ ।

कृषि बिकास रणनितिबारे प्रदेश नम्बर तीनको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले भएको स्थानीय तहका जनप्रतिनिधीसँगको अन्तर्क्रियामा बोल्दै मन्त्री लामाले प्राबिधिक पक्षलाई जोड दिनुभएको हो । उहाँले माटो परिक्षण गरेर हावापानी र स्थान सुहाउदो बाली मात्र लगाउनुपर्ने उल्लेख गर्नुभयो ।

जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनीकाे सभाध्यक्षतामा भएकाे कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मीना लामा, कृषि बिकास निर्देशनालयका निर्देशक रबिन्द्र प्रधान लगायत जिल्लाका स्थानीय सरकारका प्रमुख, उपप्मुख तथा कार्यकारी अधिकृतहरुको उपस्थिति रहेको थियो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*