विप्लपका कार्यकर्ता अधिकारिले गरे पार्टि परित्याग

छहारी संवाददाता
मंसिर २५, २०७६

विगत दुईवर्ष देखि नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता रहेर अाफुले धेरै समस्यामा परेकाे बताउँदै मकवानपुर थाहा नगरपालिका ४ का पृथ्वीराज अधिकारीले अाज पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

उहाँले आज हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी अबका वाँकि समय सामान्य जीवन जिउन चाहेको बताउँदै राज्यको नियम कानून भित्र रहेर वस्ने प्रतिवद्दता व्यक्त गरेका छन् ।

विप्लव कार्यकर्ता भएको आधारमा विभिन्न आरोप लगाउँदै प्रहरिले पटक पटक गरी दुई वर्षभित्र ४ पटक नियन्त्रणमा लिइएको बताउँदै उहाँ भन्छन-" विप्लव हाे भन्दै प्रहरिले मलाई आगजनी, मापसे, होहल्ला लगायत विभिन्न झुठा सामाजिक मुद्दामा फसाई यातना, कुटपिट गरे ।"

५५ दिनसम्म प्रहरी हिरासतमा रहेका उनी हिजो अर्थात् मंसिर २३ गते रिहा भएका थिए । प्रहरी हिरासतबाट रिहा भएको भोलीपल्टै आफ्ना बाबु जयराम अधिकारीको साथमा पत्रकार सम्मेलनमा देखिएका उहाँले पार्टि परित्याग गरि सामान्य सामाजिक जीवन जिउने बताउनुभयाे ।

अन्तिम पटक पक्राउ पर्दा प्रहरी नियन्त्रणमा रहेको २५ दिनमा रिहा भएका थिए । रिहा भएलगत्तै गेटबाटै उहाँलाई प्रहरीले अर्को आरोपमा पक्राउ गरेपछि ५५ दिन प्रहरी हिरासतमा बस्नुपरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*