दायित्व निर्वाह नगर्नु समेत भ्रष्टाचार : मुख्यमन्त्रि पाैडेल

छहारी संवाददाता
मंसिर २३, २०७६

कार्यक्रममा प्रमुख अतिथि डाेरमणि पाैडेलले पैसाकाे काराेवार गर्नुलाई मात्र भ्रष्टचार नभनि सबै नपालिहरूले अाफ्नाे पदिय दायित्व निर्वाह नगर्नु पनि भ्रष्टाचार हाे भन्नुभयकाे छ ।

हाल अख्तियारले सम्पुर्ण कार्यालयलाई अख्तियार पत्र काट्नाले विकास निर्माणका काम ठप्प भएकाे अाराेप लगाउँदै उहाँ भन्नुहुन्छ – समृद्द देश वनाउन र सुशासन कायम गर्ने प्रक्रियामा अख्तियार आतंकले वाधा पुर्यायकाे छ । "

उहाँले कार्यक्रममा कसैले वेनामे उजुरि गरेकाे भरमा अख्तियारले पत्र काट्छ भने त्यसमा अाफ्नाे गल्ति नहुँदा नहुँदै किन डराउनु भन्दै वेनामे उजुरि गर्रेहरू विना अाधिकारिक हुन्छन त्यस्ताहरूसँग नडराउन कर्मचारिहरूलाई अाग्रह गर्नुभयाे र उजुरि पर्दैमा काम काज गर्न छाेड्ने पवृति त्याग्नुपर्ने बताउनुभयाे ।

भ्रष्टाचार गर्ने मुलुककाे सुचिमा अाफ्नाे देश पनि परेकाे प्रति पिडावाेध गर्दै मन्त्री पाैडेलले अख्तियार दुरूपयाेग अनुसन्धान अायाेग भ्रष्टाचार गर्नेहरूलाई कडा भन्दा कडा कारवाहि गर्न समेत अाग्रह गर्नुभयाे ।

भ्रष्टाचार नियन्त्रणमा यक जनाले गरेर नहुने बताउँदै उहाँले भ्रष्टाचार मुक्त समाज निर्माण गर्न अाम नागरिककाे प्रमुख कर्तव्य भयकाे बताउनुभयाे ।

मकवानपुर जिल्लामा यस अार्थिक वर्षकाे कार्तिक मसान्तसम्ममा अख्तियार दुरूपयाेग अनुसन्धान अायाेग हेटाैडामा भ्रष्टाचार सम्वन्धि १३३ वटा उजुरि परेकाेमा ९८ वटा उजुरि फर्च्याछाैट हुन बाकि रहेकाे तथ्याङले देखाएकाे छ । आयोगको हेटौंडा कार्यालय प्रमुख शिवकुमार कार्कीले गर्नुभएकाे प्रस्तुतीकरणमा विश्वका १ सय ८० राष्ट्रमध्ये सुशासन सूचकांकमा नेपाल १ सय २४ स्थानमा रही ३१ अंक प्राप्त गरेको छ । नेपालको छवि सुध्रन नसकेको र भ्रष्ट मलुक नै रहेको कार्यक्रममा जानकारी दिईएको थियो ।

ट्रान्सपरेन्सी इन्टरनेशनलका अनुसार ५० अंक भन्दा कम अंक प्राप्तगर्ने मुलुक भ्रष्ट मुलुक मानिने कार्यक्रममा जानकारी दिईएको थियो । हेटौंडास्थित आयोगको कार्यालयको कार्यक्षेत्र ११ जिल्ला रहेको छ । आयोगको हेटौंडा कार्यालयका अनुसार ११ जिल्ला मध्ये सबैभन्दा बढी बारा जिल्लाबाट २ सय ५५ बटा, दोश्रोमा पर्सा जिल्लाबाट १ सय ६५ र तेश्रोमा मकवानपुरबाट १ सय ३६ बटा उजुरी आएको बताएको छ ।

उक्त तथ्यांकअनुसार कार्तिक मसान्तसम्ममा प्रदेश तिनकाे उधाेग पर्यटन वन तथा वातावरण मन्त्रालय सम्वन्धि सबैभन्दा वढि ४२ वटा उजुरि परेका छन भने संघिय मामिला तर्फ स्थानिय तहमा २८४ वटा र स्थानिय तहकै शिक्षा क्षेत्रमा १२४ वटा उजुरि परेकाे देखिएकाे छ । त्यस्तै सबैभन्दा कम अर्थात १ वटा मात्र उजुरि अार्थिक मामिला तथा याेजना मन्त्रालयमा परेकाे छ जसन फर्च्छाैट हुन बाकि रहेकाे छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको आयोजनामा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइएको छ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यता तथा आयोगको हेटौंडा कार्यालय प्रमुख शिवकुमार कार्कीको सभाध्यक्षतामा भएको कार्यक्रममा अान्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकटेल, अार्थिक मामिला मन्त्री कैलाश ढुङ्गेल, उधाेग पर्यटन वन तथा वातावरण मन्त्री अरूण नेपाल, भुमि व्यवस्था, कृषि तथा सहकारि मन्त्री दावादाेर्जे लामा, सामाजिक विकास मन्त्री युवराज दुलाल,प्रदेश तिनमा प्रमुख सचिव ताेयम राय, प्रदेश सचिवहरू, स्थानिय तहका जनप्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुख, कार्यालय प्रमुख लगायत करिव १०० जनाकाे सहभागिता रहेकेा थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*