१६ दिने अभियानलाई पुरूषहरूले स्विकारेनन् – वाेलखे
लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानलाई पुरूषहरूले स्विकार नगरेकाे वकैया गाउपालिका उपाध्यक्ष सरला वाेलखेले दुखेसाे व्यक्त गर्नुभएकाे छ ।
लैङ्गिक हिंसा भनेकाे महिलामा मात्र हुँदैन पुरूषमा पनि हुने बताउँनुहुँदै वाेलखेले महिलाका सवालमा कुरा उठ्ने बित्तिकै पुरूष सहकर्मिहरू पछि हट्ने गरेकाे र अभियानमा सहभागि नभई समर्थन नगरेकाे प्रति दुखेसाे व्यक्त गर्नुभएकाे हाे ।
अाज बकैया गाउपालिका कार्यालयमा अायाेजना भएकाे
लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत वकैया गाउपालिकाका महिला जनप्रतिनिधि र महिला पत्रकार बीच अन्तक्रिया कार्यक्रममा अाफ्ना धारणा व्यक्त गर्नुहुँदै वाेलखेले नेपालकाे नेतृत्व तहमा करिव ९५ प्रतिशत पुरुष रहेका र कतिपय याेजनाहरू हाेटलमै हुने गरेकाे उहाँ भन्नुहुन्छ ।
उहाँले अाफुले महिला सशक्तिकरणका सवालमा धेरै संघर्ष गर्नुपरेकाे सम्झना समेत गर्नुभयाे । अाफ्नाे क्षेत्रमा महिला तथा वालवालिका सशक्तिकरण क्षेत्रमा उल्लेख्य कार्य गरिरहेकाे समेत जानकारि गाराउनुभयाे ।
वाेलखेकाे सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा मकवानपुर सचिवालय सदस्य लक्ष्मि माझी , नेपाल पत्रकार महासंघ मकवानपुरकी उपाध्यक्ष सरिता दहाल, जनप्रतिनिधिहरू गाेपिनि विक, जिराकुमारि दहाल, देविमाया जिम्वा, निर्मला राई, पत्रकार महासंघ मकवानपुरकी सहसचिव शुभलक्ष्मि विक, पत्रकारहरू नानिमैया सापकाेटा, सम्झना रिजाल, सिर्जना नेपाल, पविना लामा, अन्जलि थापा लगायतकाकाे सहभागिता रहेकाे थियाे ।