लैंगिक हिंसा विरुद्ध नाटक प्रदर्शन तथा अन्तरक्रिया सम्पन्न

छहारी संवाददाता
मंसिर २२, २०७६

समानताको पुस्ता बलात्कार बिरुद्धको ऐक्यबद्धता भन्ने नाराका साथ जारी लैंगिक हिंसा विरुद्धको अन्तराष्ट्रिय १६ दिने अभियानको अवसरमा आज हेटौडा उपमहानगरपालिका वडा नम्बर ९ मा लैंगिक हिंसा विरुद्ध नाटक प्रदर्शन तथा अन्तरक्रिया सम्पन्न भएको छ ।

सृजनशिल सचेत महिला समुह हेटौडा ९ को आयोजनामा टोल विकास संस्था ९ नम्बर वडा स्तरीय कार्यक्रम भएको हो ।

सांसद कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अनेमसंघ अध्यक्ष पार्वती राना, अनेमसंघ क्रान्तिकारीकी अध्यक्ष लक्ष्मी पाख्रिन, टोल विकास संस्था नगर समन्वय समितीकी उपाध्यक्ष सती न्यौपाने, महिला अधिकारकर्मी सुमित्रा काफ्ले लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रदेश तीन प्रहरी कार्यालयका एसएसपी किशोर दाहालले अहिले बढीरहेको साइबर अपराध र यसले निम्त्याउने जोखिमका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो ।

यस्तै महिला अधिकारकर्मी तथा आयोजक संस्थाकी सदस्य रमिला सापकोटाले लैंगिक हिंसा विरुद्धको अन्तराष्ट्रिय १६ दिने अभियान मनाइरहदा नेपालमा हिंसाको अवस्था, यसका चरणहरु र गर्नु पर्ने सुधारका विषयमा प्रष्ट पार्नु भएको थियो ।

सृजनशिल सचेत महिला समुहकी अध्यक्ष मिना अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा प्रत्येक टोल विकास संस्थाबाट २ जना महिला २ जना पुरुष गरी करीब २ सय जनाको सहभागीता रहेको थियो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*