विचौलिया प्रवृतिलाई सहकारीले विस्थापित गर्नुपर्छः मुख्यमन्त्री पौडेल

छहारी संवाददाता
मंसिर २२, २०७६

प्रदेश तीनका मुख्यमन्त्री डोरमणी पौडेलले सहकारीहरू उत्पादनमुखि क्रियाकलापमा संलग्न भए कृषि क्षेत्रमा बढेको बिचौलिया प्रवृतिलाई विस्थापन गर्न सक्ने बताउनु भएको छ ।

आज हेटौंडामा आयोजित मकवानपुर नमुना वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औैं वार्षिक साधारण सभा तथा संगम वचत तथम ऋण सहकारी संस्था लिमिटेडको एकीकरण सभालाई सम्बोधन गर्दै मन्त्रि पौडेलले यस्तो बताउनु भएको हो ।

उहाँले प्रदेश तिनका १३ वटा जिल्लाले आफ्नो जिल्लामा कृषि उत्पादनलाई बढाएर सहकारी मार्फत एक अर्को जिल्लामा आयात निर्यात गर्ने हो भने रोजगारीको अवसर सिर्जना हुनुका साथै बिचौलिया मार्फत मारमा परेका उपभोक्ता तथा उत्पादकलाई राहत प्राप्त हुने धाराण राख्नुभयो ।

प्रदेश सरकारले सबै भन्दा बढि कृषि क्षेत्रमा कार्य गरिरहेको बताउँदै सामुहिक कृषि उत्पादन मार्फत अबको दुई वर्ष भित्र माछा, कुखुरा, दुधमा, तरकारीमा आत्मनिर्भर बन्न सकिने बताउनुभयो ।

सहकारीहरू देशको प्रमुख आर्थिक मेरूदण्ड भएको र ठुला योजना तथा आयोजनामा समेत लगानी गर्न सक्ने भईसकेको अवस्थामा पुगिसकेको भन्दै मुख्यमन्त्री पौडेलले पैसा उठाउने र ऋण दिने जस्तो सिमित घेरामा नरहन सहकारीहरूलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा सहकारीका अध्यक्ष मिठाराम हुमागाइले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आफ्नो सहकारीको कुल सम्पति ३१ करोड बराबरको रहेको तथा २५ सय जना सेयर सदस्य रहेको जानकारी दिनुभयो ।

अध्यक्ष हुमागाइको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा जिल्ला अध्यक्ष तथा प्रदेश सभासद मुनु सिग्देल, जुनेली श्रेष्ठ, जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष बद्री लम्साल लगायतको आतिथ्यता रहेको थियो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*