शिक्षकहित सहकारीमा पुनः दाहाल
शिक्षकति बचत तथा ऋण सहकारी संस्थाले फेरी पनि सिताराम दाहालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिती चयन गरेको छ ।
सहकारी १० औं वार्षिक साधारण सभाले उपाध्यक्षमा शिव प्रसाद लामिछाने, सचिवमा अर्जुन प्रसाद पोखरेल, सहसचिवमा कृष्ण प्रसाद पोखरेल, कोषाध्यक्षमा रामजी हुमागाई, सहकोषाध्यक्षमा गुरु प्रसाद ओझालाई चयन गरेको छ ।
यस्तै सदस्यहरुमा कृष्ण प्रसाद पोखरेल, सुवास खनाल, होमलाल शर्मा वाग्ले, गीता नेपाल लगायतलाई चयन गरको छ । यस्तै सभाले लेखा तथा सुपरिवेक्षण समितीमा अभिमन्यु गौतमको संयोजकत्वमा तीन सदस्यीय कार्यसमिती चयन गरेको छ । २
४३ जना शिक्षिका र ३७० जना शिक्षकहरु शेयर सदस्य रहेको सहकारीमा २६ लाख ६७ हजार १ सय शेयरपुजीँ रहेको छ । सहकारीले आफ्ना शेयर सदस्यबाट ८६ लाख ३२ हजार ८३४ बचत संकलन गरेको छ भने ९६ लाख ५४ हजार ९३८ रकम ऋण लगानी गरेको छ । सभामा विभिन्न विधामा शेयर सदस्यलाई सम्मान गरेको छ ।
शिक्षक संगठन केन्द्रिय उपाध्यक्ष विष्णु प्रसाद पोखरेलको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष सिताराम दाहालको अध्यक्षतामा आज हेटौडामा भएको कार्यक्रममा प्रदेश तीन सचिवालय सदस्य तुलाराम ढकाल, जिल्ला बचत संघका सहसचिव विजय बहादुर बस्नेत, सहकारी संस्थाका संस्थापक अध्यक्ष पुरुषोतम बाँनिया, संगठनका सकारी विभाग प्रमुख किशोर बर्तौला लगायतको सहभागीता रहेको थियो ।