नेपाल प्रहरीका ८ एसपि र २७ डिएसपिको सरुवा

छहारी संवाददाता
मंसिर २१, २०७६

नेपाल प्रहरीका ८ जना प्रहरी उपरीक्षक (एसपी) र २७ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) हरुको काजमा सरुवा भएको छ। 

प्रहरी प्रधान कार्यालयले ८ एसपी र २७ डीएसपीको काज सरुवा गरेको हो। प्रधान कार्यालय कानुन शाखामा कार्यरत प्रहरी उपरीक्षक जनार्दन जिसिलाई जिप्रका स्याङजा, स्याङ्जाका प्रहरी उपरीक्षक राजकुमार लम्साललाई प्रहरी प्रधान कार्यालय जगेडा पुल नक्सालमा काज सरुवा गरिएको छ । त्यसैगरी सर्लाहीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईलाई प्रधान कार्यालय कानुन शाखामा र प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयमा कार्यरत प्रहरी उपरीक्षक विश्वमणी पोखरेललाई सर्लाहीमा काजमा सरुवा गरेको हो। 

त्यसैगरी काभ्रेका प्रहरी उपरीक्षक जयराज सापकोटालाई दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर सरुवा गरी ट्राफिक महाशाखाका प्रहरी उपरीक्षक रवि पौडेललाई काभ्रे पठाइएको छ। प्रहरी प्रधान कार्यालयले धादिङका प्रहरी उपरीक्षक राजकुमार बैदवारलाई पुलिस एकेडेमिमा ल्याई एकेडेमीका एसपी रविन्द्र रेग्मीलाई धादिङ सरुवा गरेको हो। 

त्यसैगरी २७ जना प्रहरी नायब उपरीक्षकहरुको पनि सरुवा गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*