स्थानिय तहमा उधोग ग्रामहरू स्थापना गर्नुपर्छः मन्त्री नेपाल
प्रदेश तीनका उधोग पर्यटन वन तथा वातावरण मन्त्रि अरूण नेपाल उधोगहरू सम्बन्धि प्रदेश सरकारलाई धेरै अधिकार नरहेको बताउनु भएको छ ।
हेटौडा औधोगिक क्षेत्रको ५७ औ बार्षिक उत्सव समारोहको उद्घाटन गर्दै उहााले यस्तो बताउनु भएको हो । मन्त्री नेपालले स्थानिय तहमा उधोग ग्रामहरू स्थापना गर्नुपर्ने भन्दै प्रदेश सरकार सिन्धुलिमा औधोगिक क्षेत्र बनाउने योजना रहेको बताउनुभयो ।
संघको स्वामित्वमा मात्र उधोगहरू रहँदा प्रदेश र स्थानिय तहमा विकास निर्माणमा प्रभाव पर्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो– 'प्रदेश सरकार छरिएर रहेका उधोगहरूलाई एक ठाउमा ल्याउने योजननमा छ, यसले सरकारलाइ राजस्व संकलन गर्न समेत सहज हुने देखिन्छ ।'
मन्त्री नेपालले मुल राजनितिक समस्या समाधान भइसकेकोले अब उन्नति प्रगति तर्फ ध्यान केन्द्रित गरी समृद्दिको यात्रामा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
औधोगिक क्षेत्र व्यवस्थापक राजेन्द्र प्रसाद कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुर प्रमुख रघुनाथ खुलाल, उधोग परिसंघ प्रदेश तिनका संयोजक ऋषिराम घिमिरे, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख मुकेश कुमार सिंह, शसस्त्र प्रहरी वल १४ नम्बर गणका प्रमुख एसपी विकास घिमिरे लगायतको आतिथ्यता रहेको थियो ।