घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान मकवानपुरलाई भौतिक संरचना निर्माणका लािग जग्गा प्राप्त
घिमिरे बन्धु राष्ट्रिय प्रतिष्ठान मकवानपुरलाई कुल पुजाको लागि भौतिक संरचना निर्माण गर्न जग्गा प्राप्त भएको छ ।
आज हेटौडामा सम्पन्न प्रतिष्ठानको दोस्रो बैठकमा कार्यसमिति उपाध्यक्ष विष्णु प्रसाद घिमिेर ध्रुवले भौतिक संरचना निर्माणको लागि भुमिदान दिने निर्णय गर्नु भएको हो ।
घिमिरेले हेटौडा ७ न्युरेनीमा रहेको आफ्नो १० धुर जग्गामा फागुन मसान्त भित्र भवन निर्माण कार्य प्रारम्भ गर्ने गरी प्रतिष्ठानलाई भुमिदान गर्नु भएको हो ।
प्रतिष्ठानका अध्यक्ष चेतनाथ घिमिरेको अध्यक्षतामा बसेको बैठकले आगामी २६ गते मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ मा कुल पुजा गर्ने निर्णय पनि गरेको छ ।
अध्यक्ष घिमिरेले सबै बन्धुहरुलाई कुलपुजाको लागि उपस्थित हुन आग्रह गर्नु भएको छ । साथै भौतिक संरचना निर्माणको लागि आर्थिक सहयोग गर्न समेत अपिल गर्नु भएको छ ।
बैठकमा प्रतिष्ठानका सचिव शंकर प्रसाद घिमिरे, सहसचिव ज्ञान प्रसाद घिमिरे, सदस्य नम्रता घिमिरे, दुर्गा प्रसाद घिमिरे, कृष्ण प्रसाद घिमिरे, भवनाथ घिमिरे, चिरञ्जीवी घिमिरे, उज्वल घिमिरे लगायतको उपस्थिती रहेको थियो ।