हेटौंडा अस्पतालको बजेट समयमै नआउदा समस्या 

छहारी संवाददाता
मंसिर १८, २०७६

हेटौंडा अस्पतालको समयमै बजेट नआउदा सामाजिक सेवा इकाइमा दैनिक सेवा सञ्चालन गर्न कठिनाइ भइहरेको अस्पतालले जनाएको छ ।

यस बर्षको पहिलो चौमासिक समिक्षा बैठकमा अस्पतालले यस्तो जानकारी दिएको हो ।

अस्पताल बिकास समितिका अध्यक्ष डि आर पौडेलले सरकारले समयमै बजेट तथा कार्यक्रम बिनियोजन नगर्दा र दक्ष कर्मचारीको अभाव हुँदा अस्पताललाई सेवा प्रवाहमा समेत कठिनाइ भइरहेको बताउनुभयो । साथै कर्मचारी अभावका कारण अस्पतालमा उपलब्ध सेवाको समेत प्रचार प्रसारमा कमि भएको पौडेलको भनाइ छ ।  

इकाइले साउन यता पहिलो चौमासिकमा लक्ष्यित समुहका ९ सय ७७ जनालाई सेवा प्रदान गरिएको सहजकर्ता सृष्टि अधिकारीले जानकारी दिनुभयो । गत आर्थिक बर्षको पहिलो चमौमासिक भन्दा अहिले सेवा ग्राहिको सङख्या बढेको तथ्याङकमा उल्लेख छ  ।

गत बर्षको पहिलो चौमासिकमा सामाजिक सेवा इकाइबाट ९०५ जनाले सेवा लिएका थिए ।   यस बर्ष सेवाग्राहीहरुको उपचारबापत ६ लाख २२ हजार ७ सय खर्च भएको इकाइले जनाएको छ । गत पहिलो चौमासिकमा पाँच लाख १२ हजार ३ सय खर्च भएको थियो ।  

कार्यक्रममा हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रबिण श्रेष्ठ, लगायत अस्पतालका स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।

अस्पतालले सामाजिक सेवा इकाइ मार्फत सेवा लिनको लागी १३ ओटा लक्षीत समुह बनाइ सेवा दिइरहेको छ । लक्षीत बर्गको लागी आबश्यकताको आधारमा ५० देखि शत प्रतिशत सम्म उपचार सेवा उपलब्ध गराइएको अस्पतालले जनाएको छ 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*