कबड्डी प्रतियोगितामा शिक्षक समुह प्रथम
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियान अन्तर्गत आज हेटौडामा भएको महिलाहरु बिचको मैत्रीपुर्ण कबड्डी प्रतियोगितामा शिक्षिकाहरुको समुह प्रथम भएको छ ।
यस्तै टोलविकास समुहले द्वीतिय स्थान हात पारेको छ भने आँचल साहित्य समाज समुहले तृतिय स्थान ओगट्न सफल भएको छ । ८ ओटा समुह बिच भएको खेलमा प्रथम द्वीतिय र तृतियलाइ मेडल प्रदान गरीएको हो ।
लैङगीक हिसां बिरुद्ध १६ दिने अभियान मुल समारोह समितिको आयोजनामा भएको प्रतियोगीतामा जिल्ला समन्वय समिती मकवानपुरकी उपप्रमुख भगवति पुडासैनीको अध्यक्षता रहेको थियो ।
कार्यक्रममा प्रदेश सभासद कुमारी मोक्तान , मुनु सिग्देल, जुनेली श्रेष्ठ उपमहानगरपालिकाकी उपमेयर मिनाकुमारी लामा, माइती नेपालकि जिल्ला संयोजक माया लामा, महिला सशक्तीकरण तथा गरीबी निवारण समूह नेेपालकि अध्यक्ष इन्दिरा न्यौपाने, ४ नम्बर वडा प्रहरी कार्यालयक इन्पेक्टर इश्वरी प्रसाद भन्डारी लगायत विभिन्न समुुुहमाा आवद्ध महिलाहरूको सहभागीता रहेेेेको थियोे ।