लैंगिक हिंसा विरुद्ध नर्सिङ क्याम्पियन
रहरै रहरले नर्स पेशा अंगालेका नर्सहरुलाई आफूहरुमाथि आइपर्ने हिंसाको कारण हतोत्सायी नहुन् भन्ने उदेश्यले सकरात्मक सोच ल्याउने कार्यक्रम गरिएको छ ।
बिरामीको विभिन्न आरोप प्रत्यारोप, शंकटकालिन समय तथा विभिन्न पावन्दीको कारण भोग्नु पर्ने हिंसाबाट टाढा रहनको लागि प्रेरित गर्न कार्यक्रम गरिएको हो । लैंगिक हिंसा विरुद्ध १६ दिने अन्तराष्ट्रिय अभियानको सन्दर्भ पारेर नेपाल नसिंङ संघले मकवानपुरमा कार्यक्रम गरेको हो ।
जिल्लाको सरकारी तथा गैससमा सेवारत नर्सहरुको कार्यदक्षता अभिवृद्धि तथा समय व्यवस्थापनसंगै मानसिक रुपमा स्फुर्त राख्नको लागि तालिम उपयोगि भएको नर्सिङ संघ मकवानपुरले जनाएको छ ।
राष्ट्रिय स्वास्थ्य नीतिमा भएको मुस्कान सहितको सेवालाई आत्मासाथ गर्दै सेवामा लाग्न र आफूंमाथि हिंसा हुने अवस्थाबाट बच्नको लागि सिप प्राप्त भएको नर्सिङ संघ मकवानपुर उपाध्यक्ष गंगाा दाहालले बताउनुभयो ।
नेपाल नर्सिङ संघ केन्द्रिय कार्यालयको सहयोग तथा नर्सिङ संघ मकवानपुरको संयोजन र हेटौंडा उपमहानगरपालिका आर्थिक सहयोगमा तालिम भएको हो ।
संयमी, सेवाको भावना, ज्ञान तथा जानकारीमा अपडेट नर्सिङ हुनैपर्ने गुण रहेको कार्यक्रममा प्रशिक्षक रामचन्द्र लामिछानेले बताए । ६६ प्रतिशत रोग सोचाइ कारण हुने भएकोले सकरात्मक सोचको विकास अनिवार्य रहेको प्रशिक्षक लामिछानेले बताउनुभयो ।
चौबीसै घण्टा बिरामीको सेवामा खटिने नर्सहरुको क्षमता अभिबृद्धी गर्न र पेशागत उत्साह भर्न नेपाल नर्सिङ संघको आयोजनामा नर्सहरुको क्षमता अभिवृद्दी र नेतृत्व विकासका लागी दुई दिने तालिम भएको हो ।
नर्सिङ नाउ क्याम्पियन अन्र्तगत नर्सिङ पेशामा आवद्ध नर्सहरुलाई हेटौडा उपमहानगरपालिकाको सहयोगमा नेपाल नर्सिङ संघ मकवानपुरको संयोजनमा तालिम भएको हो ।
हेटौँडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको प्रमुख आतिथ्तामा भएको कार्यक्रममा विशेष अतिथी नर्सिङ परिषदका सदस्य डाक्टर तारा शाहा, सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख शतिस विष्ट, नेपाल नर्सिङ संघ केन्द्रीय सह कोषाध्यक्ष सुमिता पाठक, नारायणी नर्सिङ कलेजका प्रिन्सीपल रत्न गुरागाई, हेटौडा उपमहानगरपालिकाको स्वास्थ्य प्रमुख सुपेन्द्र कार्की, लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम नेपाल नर्सिङ संघ मकवानपुरका उपाध्यक्ष गंगा दहालको अध्यक्षतामा भएको थियो