हेटौँडा–१२ मा महिला हिंसाविरुद्ध सचेतना

छहारी संवाददाता
मंसिर १७, २०७६

हेटौँडा–१२ मा महिला हिंसाविरुद्ध सचेतना एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर, सामुदायिक सेवा केन्द्र मकवानपुर र सामुदायिक सेवा केन्द्र पशुपतिनगरको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

लैंगिक हिंसाविरुद्ध १६ दिने अन्तर्राष्ट्रिय अभियान अन्तर्गत हेटौंडा–१२ मा रहेको महिला सेवा बचत तथा ऋण सहकारी संस्थाको सभाहलमा भएको कार्यक्रममा सामुदायिक सेवा केन्द्र मकवानपुरका उपाध्यक्ष विनोद लामिछानेको सभाध्यक्षता एवं ३ प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक किशोर कुमार दाहालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा वरिष्ठ प्रहरी उपरिक्षक दाहाल, जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुख मुकेश कुमार सिंह र सामुदायिक सेवा केन्द्र मकवानपुरका सदस्य कपिल अर्यालले सहजिकरण गरेका थिए ।

कार्यक्रममा हेटौंडा–१२ का वडा अध्यक्ष ललित घलान, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख मुकेश सिंह, इप्रका पशुपतिनगरका प्रहरी निरीक्षक अरुण कुमार कुशवाह, महिला सेवा केन्द्रकी सचिव आचल शर्मा, हेटौंडा उपमहानगरपालीकी महिला तथा बाल विकास शाखाकी सरिता अधिकारी, उपभोक्ता मञ्च मकवानपुरकी सदस्य बिमला थिङ लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*