शैक्षिक सहयोग अक्षय कोषको अध्यक्षमा पुन खुलाल चयन
मकवानपुरको शैक्षिक क्षेत्रमा सहयोग गर्ने उदेश्यले तीन महिना अघि स्थापना भएको शैक्षिक सहयोग अक्षय कोष नेपालको अध्यक्षमा पुन जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल चयन हुनुभएको छ ।
कोषको आज भएको पहिलो साधारणसभाले तीन वर्षे कार्यकालका लागि खुलालको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
कोषको उपाध्यक्षमा महिला सशक्तिकरण तथा गरिबि निवारण समूह नेपालकी अध्यक्ष ईन्दिरा न्यौपाने चयन हुनु भएको छ ।
यस्तै सचिवमा बद्री बहादुर पाठक, र कोषध्यक्षमा राम कृष्ण थापालाई सर्वसम्मत चयन गरेको छ । त्यस्तै कार्यसमिति सदस्यहरुमा नवराज अर्याल, संचिता भट्टराई, हरि हुमागाई, लक्ष्मी माझी, राम सागर गुरागाँई र मुकुन्द प्रसाद अधिकारी तथा संस्थागत तर्फबाट सदस्यमा मकवानपुर उद्योग वाणिज्य संघलाई चयन गरेको छ ।
संस्थाको विधान अनुसार संस्था दर्ता भएको ३ महिना भित्र साधारणसभा गर्नुपर्ने प्रावधान अनुसार आज साधारणसभा गरिएको हो ।
कार्यक्रममा अध्यक्ष खुलालले सबैको पहुँच शिक्षामा पु¥याउन संस्थाले भुमिका खेल्ने बताउनुभएको छ । उहाँले यसमा सबैको साथ र सहयोग आवश्यक रहेको समेत बताउनुभयो । नागरिक स्तरबाट भएको प्रयासमा सबैलाई सहकार्य गर्न समेत उहाँले आग्रह गर्नुभयो ।
उहाँले संस्थालाई अगाडी बढाउन आफुले सक्दो प्रयास गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । संस्थामा हाल सम्म ५० जना सदस्यहरु आवद्ध हुनु भएको छ ।
तदर्थ समितिका अध्यक्ष खुलालकै अध्यक्षतामा भएको कार्यक्रममा ९ नम्बर वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारी, ६ नम्बर वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाई, ७ नम्बर वडा अध्यक्ष राजन थापालगायत अन्य सदस्यहरुको सहभागिता थियो ।