महिला एकल कातामा नेपालकी चन्चला दनुवार फाइनलमा

छहारी संवाददाता
मंसिर १६, २०७६

१३ औँ दक्षिण एसियाली खेलकुद-सागको कराँते अन्तर्गत महिला एकल कातामा नेपालकी चन्चला दनुवारफाइनलमा पुगेकी छिन्।

उनले स्वर्णका लागि पाकिस्तानकी साइदासँग प्रतिस्पर्धा गर्नेछिन्। फाइनल केहीबेरमा हुने छ। पहिलो चरणमा पाँच देशका खेलाडीले प्रतिस्पर्धा गरेकामा चन्चला पहिलो र साइदा दोस्रो स्थानमा रहे। शीर्ष दुई खेलाडीबीच स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने गर्दछ।

१३ औँ सागको दोस्रो दिन आज कराँतेमा ९ वटा स्वर्ण विजेताको निर्क्योल हुने छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*