मोतीबिन्दु भएका १० जनाको निःशूल्क शल्यक्रिया

छहारी संवाददाता
मंसिर १६, २०७६

महिला सशक्तिकरण तथा गरिवि निवारण समूहको आयोजनामा हेटौंडा १९ ज्यामिरेमा शनिबार भएको आँखा शिविरमा मोतिविन्दु पत्ता लागेका १० जनाको आइतबार निःशूल्क शल्यक्रिया गरिएको छ ।

शिविरमा १२ जनालाई मोतिया विन्दु भएको पत्ता लागेको थियो । १ जनाको मोतिबिन्दुको अवास्था जटिल भएकोले काठमाडौं रिफर गरिएको छ । तर, उनीहरुको आर्थिक अवस्था कमजोर भएकोले घर फर्किएको समूहकी अध्यक्ष इन्दिरा न्यौपानेले जानकारी दिनुभयो ।

शनिबार भएको शिविरमा १६५ जनाले आँखा परीक्षण गराएका थिए । स्थानीयको माग अनुसार सो स्थानमा आँखा शिविरको आयोजना गरिएको न्यौपानेले बताउनुभयो । शिविरमा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोग रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*