प्राविधिक शिक्षामा जोड दिनुपर्छ: मुख्यमन्त्री पौडेल

छहारी संवाददाता
मंसिर १५, २०७६

प्रदेश तिनका मुख्यमन्त्री डोरमणी पौडेलले  बिधालयको शिक्षा प्रणालीलाई सुधार गर्दै प्राबिधिक शिक्षालाई जोड दिनुपर्ने बताउनु भएको छ । 

आइतबार हेटौंडा ४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक बिद्यालयको नवनिर्मित १८ कोठे भवनको उद्घाटन गर्दै प्राबिधिक शिक्षालाई जोड दिनुभएको हो । 

उहाँले समग्र देशको आर्थिक बिकासका लागि बिद्यालय स्तरबाट आर्थिक बिकास तयार पार्ने शिक्षा प्रणालीको बिकास गर्नुपर्ने बताउनुभएको छ । 

उहाँले सामुदायिक बिद्यालयको स्त्तरोन्नतीका लागि प्रदेश सरकार समेत कटिबद्ध भएको उल्लेख गर्दै ५ बर्षमा निजी बिद्यालयहरु रित्तिने दाबी गर्नुभयो । 

कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक  बिर बंश बैठाले २ हजार ४ सय बिद्यार्थी अध्ययनरत बिद्यालयमा ७२ जना शिक्षकको आबश्यकता रहेपनि हाल ३५ जना शिक्षकहरु कार्यरत रहेको बताउदै शिक्षकहरु थप गर्न प्रदेश सरकारलाई आग्रह गर्नुभयो । 

प्रधानाध्यापक बैठाले बिद्यालयले अन्तराष्ट्रिय स्तरको शिक्षा प्रदान गर्न तयारी गरिरहेकोे बताउनुभएको छ । कार्यक्रममा बिद्यालयले शिक्षकहरुलाई डिजिटल शिक्षालाई महतव दिदैं ल्यापटप बितरण गरेको छ । 

जापान अन्तराष्ट्रिय सहयोग नियोग जाइकाको आर्थिक तथा प्राबिधिक सहयोगमा निर्मित बिद्यालय निमाृणका लागि ५ करोड ९५ लाख २८ हजार खर्च भएको बताइएको छ । 

बिद्यालय व्यवस्थापन समितिका अध्इक्ष चित्त बहादुर बिश्वकर्माको सभाध्यक्षतमा भएको कायृक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, राष्ट्रिय परिक्षा बोर्ड हेटौंडाका प्रमुख कृष्ण घिमिरे, वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देल, पुननिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाइ शिक्षा मकवानपुरका प्रमुख बद्री बहादुर पाठक, हेटौंडा उपमहानगरपालिकाका  शिक्षा शाखा प्रमुख पुर्ण बहादुर अछामी लगायत बिद्यालयका पुर्व प्रधानाध्यापक र अभिभावक तथा बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*