छहारी नेटवर्कको समाचारलाई लिएर अश्लिल बोल्नेले माफी मागे
अनलाईनमा प्रकाशित समाचारमा अश्लिल शब्द प्रयोग गरी कमेन्ट गर्ने हेटौँडाका एक युवक सार्वजनिक रुपमा माफी मागेपछि प्रहरी हिरासतबाट छुटेका छन् ।
कर्मकालिका प्रालिद्धारा संचालित छहारी नेटवर्क अनलाइनमा प्रकाशित समाचारमा अश्लिल शव्द प्रयोग गरी कमेन्ट गर्ने हेटौँडा–१३ का २४ बर्षिय बसन्त थोकरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको थियो ।
हेटौडाबाट संचालित छहारी नेटवर्क अनलाइनमा प्रकाशित समाचारमा अश्लिल शब्द प्रयोग गरी कमेन्ट गरेको भन्दै अनलाईकी संचालिका सरला अधिकारीले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएकी थिईन् ।
आइतबार जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा आफुले अश्लिल शव्द लेखेर गल्ति गरेको थोकरले स्विकारेका थिए ।
उनले आगामी दिनमा यस्तो कानून विपरितको काम आफुले नगर्ने प्रतिबद्धतासहित लिखित तथा सार्वजनिक रुपमा आफ्नो फेसबुक मार्फत माफी मागेपछि उनलाई छाडिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक पवनकुमार झाले जानकारी दिनुभयो ।
रिहा भएपछि थोकरले आफ्नो फेसबुकमा छहारी नेटवर्क अनलाईनमा प्रकाशित समाचारको खण्डन गर्दा सिंगो पत्रकारिता जगतमा असर पुगेकोले अब उपरान्त यो कार्य नगर्ने प्रतिवद्धता समेत जनाएका छन् ।
यसअघि मकवानपुरको अनलाईनमा लेखेको समाचारमा पत्रकारलाई गाली गलौज गर्ने मनहरीका एक स्वास्थ्यकर्मी र पत्रकारलाई धम्क्याउने गढीका एकजनालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरु पनि केही दिन प्रहरी हिरासतमा बसेर माफी गरेपछि छुटेका थिए ।