हातेमालो सहकारीको १३ औं बार्षिक साधारणसभा सम्पन्न
हेटौंडा २ स्थित हातेमालो बचत तथा ऋण सहकारी सँस्थाको १३ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
जिल्ला सहकारी सँघ मकवानपुरका अध्यक्ष बद्री प्रसाद लम्सालको प्रमुख आतिथ्यतामा तथा सँस्थाका अध्यक्ष नुर प्रसाद गौतमको सभाध्यक्षतामा कार्यक्रmम भएको हो ।
सँस्थाले हालसम्म २ करोड ७७ लाख शेयर पूँजी संकलन भएको जानकारी दिदै आर्थिक बर्ष ०७६–०७७ मा ३ करोड ८० लाख बराबरको शेयर पुँजी हुने अनुमान गरेको छ ।
१ हजार ७ सय शेयर सदस्य रहेको सँस्थाले एसएमएस बैंकिङर मोबाइल बैकिङ सेवाप्रदान गरेको सँस्थाका अध्यक्ष नुर प्रसाद गौतमले जानकारी दिनुभयो । सँस्थाले ज्येष्ठ नागरिक, नियमित बचत, असल ऋणीहरुलाई पुरस्कृत समेत गरेको छ ।
कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारीका उपाध्यक्ष मिना चौरेल, युवा बचत तथा ऋण सहकारी सँस्थाका अध्यक्ष राजु गौतम, मकवानपुर नमुना बचत तथा ऋण सहकारी सँस्थाका अध्यक्ष मिठाराम दाहाल लगायत जिल्लाका विभिन्न सहकारी सँस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।