प्रदेश तिन सरकारले २८औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाउने
प्रदेश तीन सरकारले यही मंसिर १७ गते दीगो विकासको लक्ष्य, अपाङ्गता मैत्री भविष्य’ भन्ने मुल नाराका साथ २८औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाउने बारे आज सामाजिक विकास मन्त्रालयमा बैठक बसेको छ ।
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाउनेबारे मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीको अध्यक्षतामा बसेको वैठकले दिवसका अवसरमा हेटौंडामा दीप प्रज्वलन गर्ने, पदयात्रा कार्यक्रम गर्ने लगायतका निर्णय गरेको छ ।
बैठकमा प्रदेश सभाका सदस्यहरु मुनु सिग्देल, जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनी, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामा, मन्त्रालयका सामाजिक विकास महासाखा प्रमुख इन्दिरा ओझा, महासाखाका आठौं तहका महिला विकास अधिकृत चन्द्रकुमारी व्यञ्जनकार लगायत अपाङ्गताका क्षेत्रमा कार्यरत संघ, संस्थाका प्रतिनिधिहरु सहभागी थिए ।