भारतले जारि गरेकाे नक्सा खारेजिकाे माग गर्दै राप्रपा मकवानपुरले प्रदर्शनी गर्ने
राप्रपा मकवानपुर सम्बद्ध जनबर्गिय संगठनका प्रमुखहरुको आज आकस्मिक बैठकले अागामि अाइतवार छिमेकि मुलुक भारत विरुद्द विराेध प्रदर्शन गर्ने निर्णय गरेकाे छ ।
केही दिन अघि भारतद्वारा जारी गरिएको नक्सामा कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायत नेपाली भुभाग राखेकोमा उक्त नक्साको खारेजिको माग गर्दै आगामी मङ्सिर १५ गते आइतबार १२:०० बजे राप्रपा जिल्ला कार्यालय अगाडी भेला भई बिरोध प्रदर्शन गर्ने निर्णय गरेको हाे ।
कार्यक्रमलाई सफल र प्रभाबकारी बनाउनको निमित्त सम्पुर्ण नेपाल प्रेमिहरूलाई सक्रियता पुर्वक क्रियाशिल हुन राप्रपा मकवानपुर अध्यक्ष मधु अधिकारिले अनुराेध गर्नुभएकाे छ ।