शैक्षिक सहयोग अक्षय कोषको पहिलो साधारण सभा यहि मंसिर १६ गते 

छहारी संवाददाता
मंसिर १२, २०७६

शैक्षिक सहयोग अक्षय कोषको पहिलो साधारण सभा यहि मंसिर १६ गते हुने भएको छ ।

मकवानपुरमा शैक्षिक क्षेत्रमा सहयोग गर्ने उदेश्यले स्थापना भएको शैक्षिक सहयोग अक्षयकोषको विधानत संस्था दर्ता भएको ३ महिना भित्र संस्थाको साधारण सभा गर्नुपर्ने प्रावधान अनुसार आगामि मंसिर १६ गते संस्थाको साधारण सभा गर्न लागिएको हो ।

आज संस्थाका अध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले आगामि मंसिर १६ गते साधारण सभा गर्ने निर्णय गरेको हो ।

सिदार्थ माविको सभाहलमा हुने साधरणसभाले नयाँ कार्यसमिति समेत चयन गर्ने भएकाले निर्वाचन प्रयोजनका लागि नुर प्रसाद गौतमको संयोजक्त्वमा यम सिलवाल र चन्द्रावती पनेरु सदस्य रहने गरि ३ सदस्य निर्वाचन कमिटि समेत गठन गर्ने निर्णय भएको अध्यक्ष खुलालले जानकारी दिनुभयो ।

त्यस्तै संस्थाका कोषाध्यक्ष राम कृष्ण थापाले पेश गर्नुभएको हालसम्मको भएका खर्च तथा आम्दानी सम्बन्धी जानकारीलाई बैठकले अनुमोदन गरेको उहाँले जानकारी दिनुभयो ।

संस्थामा हालसम्म १ जना विशिष्ट, १ जना संस्थागत ३३ जना आजीवन र १० जना साधारण गरि ४५ जनाले सदस्यता लिएका छन् ।

सदस्यता वापत हाल सम्म ३ लाख ४४ हजार ७ सय रुपैया जम्मा भएको मध्ये ११ हजार ९ सय रुपैया संस्था दर्ता, ब्रोसर छपाई, प्रमाणपत्र छपाई लगायतमा भएको खर्च बैठकले अनुमोदन गरेको हो ।

त्यस्तै बैठकले सदस्यता बृद्धि गर्न सबैले आ–आफ्नो स्थानबाट पहल गर्ने, संस्थाद्धारा प्रदान गरिने छात्रबृती व्यवस्थित र पारदर्शी ढंगबाट वितरण गर्नकालागि कार्यविधी तर्जुमा गर्न रामसागर गुरागाईको संयोजक्त्वमा राजु क्षेत्री र गणेश प्रसाद हुमागाई सदस्य रहने गरि २ महिनाको समयावधि दिएर कार्यविधि तर्जुमा समिति गठन गर्ने निर्णय गरेको छ ।

साथै बैठकले कार्यसमिति बढाउन विधान संसोधन गर्ने प्रस्ताव पेश गर्ने निर्णय पनि गरेको अध्यक्ष खुलालले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*