मकवानपुरमा एचआइभी संक्रमितहरुको एकीन तथ्याङक छैन 

छहारी संवाददाता
मंसिर १२, २०७६

अध्ययन सर्बेक्षणको अभावमा मकवानपुरमा रहेका एचआइभी संक्रमितहरुको एकीन तथ्याङक आउन नसकेको सरोकारवालाहरुले बताएका छन् ।

हेटौडा उपमहानगरपालीकाको आयुर्बेद तथा स्वास्थ्य प्रबद्र्धन शाखाको आयोजनामा आज भएको अन्तरक्रियामा उनिनिहरुले सरकारी तथा गैरसरकारी संंस्था बीच समन्वय नहुँदा संक्रमितहरुको तथ्याङक समेत फरक हुने गरेको बताए ।

मकवानपुरमा एचआइभी संक्रमितका लागीे बिशेषज्ञ चिकित्सकको अभाव हुँदा संक्रमितको निगरानि गर्न समेत असहज भैरहेको उनिहरुको भनाई छ ।

देश संघिय संरचनामा जानु अघि संक्रमितहरुलाई राज्यबाट जुन किसिमको सहयोग हुने गरेको थियो त्यो अहिले स्थानिय सरकार बनेपछि कटौती भएकाले स्थानिय तहलाई सरकार मान्न पनि नसकिएको उनिहरुको गुनासो छ ।

सरोकारवालाहरुले वर्तमान अवस्थामा गैरसरकारी संस्थाहरु मात्रै एचआइभी तथा एड्स संक्रमितहरुको क्षेत्रमा सक्रिय देखिएको भन्दै भावी दिनमा स्थानीय सरकारले पनि यसमा चासो बढाउनु पर्नेमा जोड दिए।

कार्यक्रममा जिल्लाको बस्तु स्थिती बारे जानकारी दिँदै उपमहानगरपालीकाको आयुर्बेद तथा स्वास्थ्य प्रवर्दन शाखाका उपसंयोजक भोला चौलागाइले जिल्लामा हाल १ सय ९७ जना संक्रमितले रोग प्रतिरोधात्मक औषधी सेवन गरीरहेको जानकारी दिनु भयो ।

त्यस मध्ये १ सय जना महिला, ९५ जना पुरुष र २ जना तेश्रो लिङगी मध्ये सात जना नयाँ संक्रमित यसै बर्ष थपिएको उहाँको भनाई छ । जिल्लामा रहेका संक्रमित मध्ये ९८ प्रतिशतले औषधी सेवन गरीरहेका छन । संक्रमित मध्ये दुइ जनामा क्षयरोग समेत देखा परेको तथ्याङकले देखाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*