जनताको परिवर्तन प्रतिको विश्वास कमजोर हुन दिनु हुन्नः प्रचण्ड

छहारी संवाददाता
मंसिर १०, २०७६

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश तीनको नाम र राजधनाी छिट्टै टुङ्ग्याउन प्रदेश सरकारलाई आग्रह गर्नु भएको छ ।

निजगढमा आयोजित कार्यक्रममा सहभागी हुन आउनु भएका प्रचण्डले आज हेटौडामा भएको भेटघाटका क्रममा प्रदेशको नाम र राजधानी टुङ्ग्याउन पार्टी अध्यक्षको नाताले आफुले सहयोग गर्ने बताउनुभयो ।

पार्टी भित्रै राजधानीको विषयमा एकमत नहँदा दुई तिहाई बहुमत भएपनि यो विषयले संसदमा प्रवेश नपाएको उहाँको तर्क छ ।

अध्यक्ष प्रचण्डले जनतालाई स्थायी सरकार दिन भावी दृष्टिकोण राखेर नै पार्टी एकता गरेको बताउनु भयो । उहाँले भन्नुभयो– चुनाव जित्न मात्रै एकता भएको होइन, भावी दृष्टिकोण सहित गरिएको एकता हो ।

अहिलेको सरकारलाई चुनौती र अवसर दुबै रहेको भन्दै अध्यक्ष प्रचण्डले जनतालाई सुक्ष्मदर्शक यन्त्रको संज्ञा दिनु भएको छ । उहाँले भन्नुभयो– जनता सुक्ष्मदर्शक यन्त्र हुन्, उनीहरुले सब हेरिरहेका छन् ।

जनताको परिवर्तन प्रतिको विश्वास कमजोर हुन दिन नहुने भन्दै प्रचण्डले मनमा डर राखेर अझ राम्रा काम गर्न सुझाव दिनुभयो ।

उहाँले नेपालको आर्थिक विकास हाल उत्साहजनक रहेको भन्दै विकास हुँदैन कि भनेर चिन्ता नगर्न जनतालाई आग्रह गर्नुभयो ।

पार्टीलाई बलीयो बनाउन दुई अध्यक्षको भुमीका बाँडीएको भन्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ओली जीले सरकारलाई बलियो बनाउने जिम्मेवारी निभाइरहनु भएको छ भने मैले पार्टीलाई बलीयो बनाउने जिम्मेवारी निभाइरहेको छु ।

प्रदेश तीनका मुख्यमन्त्री  डोरमणी पौडेलको सरकारी निवासमा भएको भेटमा सभामुख सानुकुमार श्रेष्ठ, आन्तरीक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल, सामाजीक विकासमन्त्री युवराज दुलाल, भुमि व्यवस्था कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा, नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देल, स्रसदीय दलका नेता रामेश्वर फुयाँल लगायत नेकपा नेता कार्यकताहरूको उपस्थिती रहेको थियो ।  

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*