देशको अर्थतन्त्र मजबुद बनाउन नयाँ योजना आवश्यकः नेता सुरेन्द्र पाण्डे

छहारी संवाददाता
मंसिर १०, २०७६

नेकपाका सचिवालय सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले मुलुकलाई आर्थिक सम्वृद्धिको यात्रामा लैजाने सुनौलो अवसर नेकपाको सरकारले पाएकाले काम गरेर देखाउनुपर्ने बताउनु भएको छ ।

हेटौंडामा आज पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा नेता पाण्डेले नेकपाले अरुलाई गाली नगरि आफुले काम गरेर देखाउन सके मुलुकमा सम्मृद्धि पनि आउने र जनमतको कदर हुने बताउनुभयो ।

देशको अर्थतन्त्र मजबुद बनाउन नयाँ योजना आवश्यक रहेको नेता पाण्डेको भनाई छ । उहाँले अर्थतन्त्र बलियो नभएसम्म मुलुकमा आर्थिक परिवर्तन सम्भव नभएको र आर्थिक परिवर्तन नभएसम्म सम्मृद्धिको लक्ष्यमा पुग्न नसकिने उल्लेख गर्नुभयो ।

पुरानो मानसिकताले देशको अर्थतन्त्र बलियो नहुने भन्दै उहाँले नयाँ सोचका साथ समृद्धिको बाटोमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेकपाको सरकारले अब वृद्धभत्तामा मात्र अल्झन नहुने सुझाव दिँदै नेता पाण्डेले युवाहरुलाई कसरी देशमै रोजगारी दिने र पार्टी प्रति आकर्षित बनाउने भन्ने ठोस योजना ल्याउनुपर्ने बताउनुभयो ।

तिनै तहको सरकारले दिनरात नभनी जनताको विश्वास जित्दै देशलाइृ आर्थिक रुपमा रुपान्तरण गनुपर्ने नेता पाण्डेको धारणा छ ।

नयाँ योजना र सोचले तिनै तहका सरकारले काम गरेमा नेकपाको योजनाले साथर्क पाउनेमा दुई मत नरहेको उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा पार्टीको केन्द्रीय सदस्य कुमारी मोक्तान, प्रदेश तीनका सचिवालय सदस्य अन्नत पौडेल, प्रदेशसभा सदस्य जुनेली श्रेष्ठ, जिल्ला सचिवालयका बद्री लम्साल, कमानसिं पाख्रिन, एकलाल श्रेष्ठ लगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*