लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानः हेटौंडामा र्याली तथा दिप प्रज्वलन(तस्विरहरु)
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत हेटौडाको बुद्ध चोकमा आज साँझ दिप प्रज्वलन गरिएको छ । अखिल नेपाल महिला संघ र अखिल नेपाल महिला संघ क्रान्तिकारीको संयुक्त आयोजनामा साँझ दिप प्रज्वलन गरीएको हो ।
१६ दिने अभियानमा हेटौंडामा र्याली
यसअघि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको अवसरमा आज हेटौंडामा सबै क्षेत्रका नागरिकको प्रतिनिधित्वमा र्याली निकालीएको थियो ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मुल समारोह समिति मकवानपुरको अयोजनामा हेटौंडामा र्याली निकालीएको हो ।
हेटौंडाको भुटनदेवि माध्यमिक बिद्यालयको चौरबाट ससस्त्र प्रहरी, जनपथ प्रहरी, बिभीन्न कार्यालयका कर्मचारी, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि लगाएतकाको सहभागितामा निकालीएको र्यालीले बजार परिक्रमा गरेर वुद्धचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोण सभामा हेटौडा उपमहानगरपालिकाको न्यायिक समितीकी सदस्य बेगम बरालले अपराध लेखिएको घैटो फुटाउनु भएको थियो ।
कार्यक्रमका अवसरमा प्रदेशसभाका सदस्यहरु कुमारी मोक्तान, प्रेमबहादुर पुलामी, जुनेली श्रेष्ठले लैङ्गिक हिंसाविरुद्ध हरेक दिन लाग्नु पर्नेमा जोड दिनुभयो ।
जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख तथा मुल समारोह समितिका संयोजक भगवती पुणासैनीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोसी, गैरसरकारी संस्था महासंघ मकवानपुरका अध्यक्ष कृष्ण धिताल, मानव वेचविखन विरुद्धको सञ्जाल मकवापनुरका संयोजक आरती पाठक लगायतकाले मन्तव्य व्यक्त गर्नु भएको थियो ।