पत्रकारले स्वतन्त्रतापुर्वक कलम चलाउन पाउने अधिकार सुनिश्चित गर्न माग

छहारी संवाददाता
मंसिर ८, २०७६

नेपाल पत्रकार महासंघ प्रदेश तिनले विश्व अन्तर्राष्ट्रिय दण्डहीनता विरुद्धको दिवस’ का अवसरमा स्वतन्त्रता र्याली तथा कोणसभा गरेको छ । 

 
पत्रकार हत्या तथा प्रेस स्वतन्त्रता हननका घटनामा संलग्नलाई कारबाही गरी पीडितलाई न्याय दिलाई दण्डहीनताको अन्त्य गर्न माग गर्दै कार्यक्रम आयोजना गरिएको हो ।
नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष राममणि दाहालले राज्यले पत्रकारलाई स्वतन्त्रतापुर्वक कलम चलाउन पाउने अधिकार र सुनिश्चित गर्नुपर्ने माग गर्नु भयो । 
कार्यक्रममा महासंघ प्रदेश तिनका अध्यक्ष प्रताप विष्टले लोकतन्त्रको बिगुल फुक्ने पत्रकार नै भयपनी  असुरक्षाका कारण लोकतन्त्रको अनुभुती गर्न नपाएको बताउनु भयो । 
प्रेस स्वतन्त्रतामा अन्कुश लगाउने काम पटकपटक राज्यबाट हुने गरेको भन्दै उहाँले पत्रकार र सञ्चारमाध्यम माथि हुने सबैखाले आक्रमणको अन्त्य गर्न माग गर्नुभयो ।
 
कार्यक्रममा महासचिव कृष्ण सारुमगरले पत्रकारको हत्या आक्रमणमा संलग्नको पहिचान गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न र बेपत्ता पत्रकारको अवस्था सार्वजनिकको लागि दवाब दिन पर्ने बताउनुभयो । 
 
कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्ष भानुभक्त आचार्य, वर्तमान अध्यक्ष अध्यक्ष हरि हुमागाइ, उपाध्यक्ष कुमार अधिकारी  लगायत विभिन्न संचारमाध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो । 
 
 
 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*