प्रदेश तिनका संचारकर्मिहरूले भाेलि प्रेस स्वतन्त्रता र्याली तथा कोणसभा गर्ने
विश्व अन्तर्राष्ट्रिय दण्डहीनताविरुद्ध दिवस’ का अवसरमा नेपाल पत्रकार महासंघ प्रदेश ३ ले भाेलि अाईतवार प्रेस स्वतन्त्रता र्याली तथा कोणसभा गर्ने भएकाे छ ।
भाेलि विहान ८ वजे सिमा चाेकमा पत्रकार हत्या तथा प्रेस स्वतन्त्रता हननका घटनामा संलग्नलाई कारबाही गरी पीडितलाई न्याय दिलाई दण्डहीनताको अन्त्य गर्न माग राख्दै उक्त कार्यक्रम अायाेजना गरियकाे प्रदेश तीन महासंघका महासचिव कृष्ण सारू मगरले जानकारि गराउनुभएकाे छ ।
पत्रकार तथा सञ्चारमाध्यममाथि हुने सबैखाले आक्रमणको अन्त्य गर्न अति अावस्यक रहेकाे बताउनुहुँदै महासचिव सारु मगरले पत्रकारको हत्या गर्ने तथा आक्रमणमा संलग्नको पहिचान गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न र बेपत्ता पत्रकारको अवस्था सार्वजनिकको लागि दवाब दिन कार्यक्रममा सहभागि भइदिनहुन सम्पुर्ण सञ्चारकर्मिहरूलाई अनुरोध गर्नुभएकाे छ ।