मुख्यमन्त्री पौडेलद्धारा भिमफेदी–इपा–सिस्नेरी सडकखण्ड स्तरोन्नतीको अवलोकन(तस्विरहरु)

छहारी संवाददाता
मंसिर ७, २०७६

प्रदेश तीनका मुख्यमन्त्री डोरमणी पौडेल नेतृत्वको टोलीले आज मकवानपुरको भिमफेदी–कोगटे–इपा–देउराली–सिस्नेरी सडकखण्ड स्तरोन्नती आयोजनाको अवलोकन भ्रमण गरेको छ ।

अनुगमनका क्रममा मुख्यमन्त्री पौडेलले काठमाण्डौ जाने बैकल्पिक मार्गका रुपमा प्रयोग गरिने यो योजना समयमै निर्माण सम्पन्न गर्न आग्रह गर्नुभयो ।

मुख्यमन्त्री पौडेलले यो सडक निर्माणसंगै त्यस क्षेत्रमा उत्पादित बस्तुहरुको निर्यातमा सहज हुने र स्थानिय जनताको जिवनस्तर उकासिने विश्वास व्यक्त गर्नुभयो ।

भूकम्प पुनर्निर्माण आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानिय पूर्वाधार हेटौडाको करीब २६ करोड लागतमा उक्त सडकखण्ड रमण सगरमाथा जेबी धुम्बाराही काठमाडौले २०७५ मंसिर अन्तिम सातादेखि निर्माण कार्य सुरु गरेको हो ।

भूकम्प पुनर्निर्माण आयोजना कार्यान्वयन इकाईका प्रमुख बिमल किशोर केसीका अनुसार २३ किलोमिटर लम्बाइ रहेको उक्त सडकखण्ड आयोजना आर्थिक वर्ष २०७६/७७ को अन्तिमसम्ममा सम्पन्न गरिसक्ने लक्ष्य रहेको छ ।

अनुगमनमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, भूकम्प पुनर्निर्माण आयोजना कार्यान्वयन इकाईका प्रमुख बिमल किशोर केवी, भिमफेदी गाँउपालिका अध्यक्ष हिदम लामा लगायतको सहभागिता रहेको थियो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*