सामुदायीक वनका सरकारको तेहोरो कर विरुद्ध हेटौंडामा प्रर्दशन(तस्विरहरु)
सामुदायिक बनमाथि सरकारले तेहेरो कर लगाएको बिरोधमा हेटौंडामा प्रदेश ३ स्तरीय बिरोधसभा भएको छ ।
सामुदायिक बन उपभोक्ता महासँघकी केन्द्रीय अध्यक्ष भारती पाठकले सामुदायिक बनको बिकासमा समुदायले टेवा पुर्याएपनि फाइदा लिनबाट सरकारले बञ्चित पारेको आरोप लगाउनुभएको छ ।
उहाँले बन समुदायलाई हस्तान्तरण गरिएको भएपनि सरकारले प्रत्यक्ष हस्तक्षेप गरेको भन्दै बनमाथि एकद्वार कर निती बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका सहभागिहरुले बैज्ञानिक बन व्यवस्थापन निति खारेज गर्नुपर्ने बताउदै सरकारले तेहेरो करको प्राबधान तत्काल हटाउन माग गरेका छन् ।
कार्यक्रममा समुदायिक वन उपभोक्त महसंघ प्रदेश नम्बर तीनका अध्यक्ष विनोद सापकोटा, उपाध्यक्ष कृष्ण श्रेष्ठ, सामुदायिक वन उपभोक्ता महासंघका चितवन अध्यक्ष भरत ढुङगाना लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
यस्तै राजनीतिक दलहरुका तर्फबाट नेकपाका राजाराम स्याङ्तान, नेपाली कंग्रेसका अजुृन दाहाल, राप्रपाका सिताराम बर्तौला, लगायतले बोल्नुभएको थियो