समृद्दिको लागि हरेक तहको भुमिका महत्वपुर्ण हुन्छः जिसस प्रमुख खुलाल

छहारी संवाददाता
मंसिर ६, २०७६

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले समृद्दिको लागि हरेक तहबाट उत्तिकै महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिनु भएको छ ।

नागरिक समाज मन्च मकवानपुरको आयोजनामा आज हेटौडामा भएको नागरीकका सवालमा नागरिक तथा स्थानिय सरकार बिचको अन्तरक्रिया कार्यक्रममा उहाँले हरेक क्षेत्रमा समस्या रहेको भन्दै आ–आफ्नो स्थानबाट सबैले यथोचित ढंगले समाधान खोज्दै अघि बढ्नु पर्ने बताउनुभयो ।

प्रमुख खुलालले स्थानिय स्तरका समस्या उजागर गर्न नागरिक समाजको अहम भुमिका खेलेको भन्दै प्रसंसा गर्नुभयो । उहाँले नकारात्मक सोचले मानिसलाई युद्दमा पुर्याउने बताउँदै उन्नति र प्रगतिको लागि हरेक क्षेत्रबाट सकारात्मक चिन्तनका साथ योगदान पुर्याउन आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा जनप्रतिनिधिहरुले स्थानिय तहहरुमा कर्मचारीको अभावका कारण पनि सबै क्षेत्रमा जनताको लागी सुबिधा पुर्याउन असहज भएको बताए ।

यस्तै स्थानिय तहहरुबाट नै जनस्वास्थ्यको बिषयमा चासो देखाउनु पर्ने सरोकारवालाहरुले बताएका थिए । हेटौडा अस्पताल बिकास समितिका अध्यक्ष प्रकास पौडेलले स्थानिय तहले वडा स्तर बाटै स्वास्थ्य सेवाको पहुँचको सेवालाइ सुदृढ बनाउनु पर्नेमा जोड दिनु भएको हो ।

यस्तै एसिड आक्रमणमा पर्नु भएकी विन्दवासिनी कंसाकारले एसिडको खुल्ला बिक्रि रोक्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सुभ लक्ष्मी बिश्वकर्मा, बोल बहादुर कार्की र तिर्थ थापाले कार्यपत्र प्रस्तृत गर्नु भएको थियो ।

नागरिक समाज मञ्च मकवानपुरकी अध्यक्ष रमिला सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, हेटौडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामा, राक्सिराङ गाउँँपालिका अध्यक्ष राजकुमार मल्ल, कैलाश गाउपालिकाका अध्यक्ष टंक मोक्तान, बकैया गाउपालिका उपाध्यक्ष सरला बोलखे, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाइ लगायत करिव ५० जनाको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*