व्यवसायी र आन्तरीक राजस्व कार्यालय बिच सम्बन्धी अन्तरक्रिया
हेटौडामा ब्यबसायी र आन्तरीक राजस्व कार्यालय बिच कर सम्बन्धी अन्र्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।
मकवानपुर उद्योग बाणिज्य संघको आयोजना तथा आन्तरिक राजस्व कार्यालय हेटौडाको सहयोगमा हेटौडाको ब्यबसायीहरुलाइ अन लाइन मार्फत कर भुक्तानि गर्न सहजीकरण गरिएको हो ।
कार्यक्रममा आन्तरीक राजस्व कार्यालयका प्रमुख कर अधिकृत सन्त बहादुर ढकालले अनलाइन मार्फत कर भुक्तानि गर्ने प्रकृयाका बारेमा सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा ब्यबसायीहरुले भेकल एण्ड कन्साइमेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीएस) प्रणाली कार्यान्वयनमा ल्याउन अझै आफुहरु सक्षम अबस्थामा नरहेको बेला सरकारले हतार गरेको आरोप लागाएका छन ।