स्थानिय तहबाट नै जनस्वास्थ्यको बिषयमा चासो देखाउनु पर्नेमा सरोकारवालाको जोड 

छहारी संवाददाता
मंसिर ६, २०७६

स्थानिय तहहरु बाट नै जनस्वास्थ्यको बिषयमा  चासो देखाउनु पर्ने सरोकारवालाहरुले बताएका छन ।

आज हेटौडामा नागरिक समाज मन्च मकवानपुरको आयोजनामा  भएको नागरीकका सवालमा नागरिक तथा स्थानिय सरकार बिचको अन्र्तक्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन ।

कार्यक्रममा हेटौडा अस्पताल बिकास समितिका अध्यक्ष प्रकास पौडेलले स्थानिय तहले वडा स्तर बाटै स्वास्थ्य सेवाको पहुँचको सेवालाइ सुदृढ बनाउनु पर्नेमा जोड दिनु भयो ।

यस्तै  एसिड आक्रमणमा पर्नु भएकी बिन्दाबासीनि कंसाकारले एसिडको खुल्ला बिक्रि रोक्नु पर्ने बताउनु भयो । स्थानिय तहहरुमा कर्मचारीको अभावका कारण पनि सबै क्षेत्रमा जनताको लागी सुबिधा पुर्याउन असहज भएको कार्यक्रममा सहभागी जनप्रतिनिधिहरुले बताएका छन ।

स्थानिय तहले आफ्ना सुचनाहरु प्रत्येक तिन महिनामा सार्बजनिक गरी नागरीकलाइ सुचना प्रदान गर्नु पर्ने कार्यक्रमका सहभागीहरुले सुझाएका छन ।

यस्तै स्थानिय तहले पुँजीगत खर्चको ३५ प्रतिशत लक्षित बर्गको लागी बजेट बिनियोजन गरी कार्यान्वयनका लागी जोड दिनु पर्ने बताएका छन ।

कार्यक्रममा सुभ लक्ष्मी बिश्वकर्मा, बोल बहादुर कार्की र तिर्थ थापाले कार्यपत्र प्रस्तृत गर्नु भएको थियो । नागरिक समाज मकवानपुरकी अध्यक्ष रमीला सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघु नाथ खुलालको प्रमुख आतिथ्यता रहेको थियो ।

यस्तै कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपु्रकी उपप्रमुख भगवति पुडासैनि, हेटौडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामा, राक्सीराङ गाँउपालीका अध्यक्ष राजकुमार मल्ल,कैलाश गाँउपालीका अध्यक्ष टंक मोक्तान लगायत स्थानिय पालीकाका जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*