फाखेलमा नवनिर्मित प्रहरी चौकी उद्घाटन(तस्विरहरु)
मकवानपुरको इन्द्रसरोबर गाउँपालिका ४ फाखेलमा नवनिर्मित प्रहरी चौकीको उद्घाटन गरिएको छ ।
प्रदेश तीन प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक शेरबहादुर बस्नेतले आज एक कार्यक्रमका बीच फाखेल प्रहरी चौकीको उद्घाटन गर्नु भएको हो ।
मकवानपुरको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कोषको एक करोड ५७ लाख ६ हजार ५ सय ५५ रुपैँया लागतमा फोखल प्रहरी चौकी निर्माण सम्पन्न भएको हो ।
चौकी निर्माणको लागि इन्द्रसरोवर गाउपालिका वडा नं ४ का वडध्यक्ष धनबिर स्याङतान लगायत मानविर स्याङतान, भिम बहादुर स्याङतानले जग्गा प्रदान गर्नु भएको थियो ।
११ वटा कोठा रहेको प्रहरी चौकी तीन तलाको बनेको छ । जसमा कार्यालय, व्यारेक, मेष र शौचालय रहेको जनाइएको छ ।
उद्घाटन कार्यक्रममा इन्द्रसरोबर गाउँपालिकाकी उपाध्यक्ष उमा कुमारी लामा, प्रदेश तीन नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी बस्नेत, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक मुकेश कुमार सिंह, राष्ट्रिय अनुसन्धान कार्यालय हेटौडाका निर्देशक कमल थापा, प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय रातोमाटेका निमित्त गणपति प्रहरी नायब उपरिक्षक महेन्द्र नेपाल, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक हरिविष्णु ढकाल, इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक लोक बहादुर गुरुङ, जिल्ला प्रशासन कार्यालय मकवानपुरका अधिकृत मदन लामा, इन्द्रसरोवार गाउापालिका वडा नम्बर १ का वडाध्यक्ष जमानसिं लामा, वडा नम्बर ५ का वडाध्यक्ष धनराज महर्जन लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा भवन निर्माणका लागि सहयोग गर्ने जग्गादाता तथा निर्माण सम्पन्न गर्ने कम्पनिलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।