नीजि वनले दियो जडीबुटीसंगै आर्थिक स्रोत
अञ्जली थापा/ सरकारले पारिवारिक निजी वनको अबधारणा अघी सारे संगै सर्बसाधरणले आफ्नो स्वामित्वमा रहेको खाली जग्गालाई नीजि वनको रुपमा विकास गर्दा यसबाट जडीबुटी र निकट भबिश्यको लागी आम्दानीको समेत स्रोत बनेको छ ।
सर्बसाधरणहरु आफ्नो स्वामित्वमा रहेको उब्जाउ नहुने खेतबारी र पाखो भिर जग्गालाई नीजि वनमा रुपान्तरण गर्न हौसिएका छन् । औद्योगिकिरण र शहरीकरणले वन जंगल संरक्षण चुनौती बन्न गएको अबस्थामा नीजि वन, वन संरक्षणको आधार बन्न थालेको छ ।
वनजन्य खाद्यान्न, जडिबुटी र वन उद्यममा बढ्दो आकर्षणको कारण सर्बसाधरणको त्यसप्रती मोह बढेको हो । जडिबुटी तथा अर्गानिक खाद्यान्नको लागी पनि आफ्नो खाली र उत्पादन नहुने जग्गालाई नीजि वनको रुपमा विकास गर्दा यसबाट तत्कालै आम्दानी हुन थालेको छ ।
उत्पादन नहुने खालको नाङ्गो भिर पाखोमा रुख बिरुवा रोपेर जडिबुटी खेती गरेर महिलाहरुले आफ्नो दैनिकी समेत चलाउन थालेका छन् । अति दुर्लभ जडिबुटीमा पर्ने सर्पगन्धादेखी अम्रेसो,कुरिलो आदी रोपेर मख्ख छन् नीजि वनका महिलाहरु ।
उक्त वनहरुमा रुख भने हर्कदोक्रममा रहेको छ । रुखहरुमध्य सबैभन्दा छिटो आम्दानी दिने रुख मसला रहेकोले अधिकांशले नीजि वनमा मसलाको रुख रोपेका छन् ।
खेती गर्न नसकिएको कारण उजाड भएको भुभागमा रुख बिरुवा संगै जडिबुटी रोपेको बताउनुहुन्छ गढी गँऊपालिकाकी पारिवारिक नीजि वन मकवानपुरकी कोषाध्यक्ष गीता कुमारी न्यौपाने । उहाँले उक्त जग्गामा घाँसका रुखहरु र पछी जडिबुटी रोप्न सुरु गर्नुभएको बताउनुभयो ।
न्यौपानेका अनुसार घाँस रोप्दा घरमा पालेका बस्तुको लागी सहज भएको छ । सुरुवाती दिनमा त्यहाँ जडिबुटी रोप्दा हुर्कदैन भन्ने न्यौपाने परिवारको ठम्याई थियो ।
यद्यपी सरकारले आफ्नो नीजि जग्गामा भएका रुप काट्न दिनुपर्नेमा उहाँ जोड दिनुहुन्छ । पारिवारिक नीजि वन मकवानपुरका सचिब समेत रहनुभएका निर्मल कुमार पौडेलले पनि जडिबुटी र निकट भबिश्यको आम्दानीको लागी नीजि वन बनाएको बताउनुभयो ।
उहाँको नीजि वनमा हाल अम्रेसो र कुरिलो मात्र नै छ तर मसलाको बिरुवा भने बोटको रुपमा रहेको छ यसले आम्दानी दिनकेही बर्ष लाग्ने उहाँको भनाई छ ।
पारिवारिक नीजि वनलाई हुर्काएपछी आफ्नै आबश्यक्ता अनुसार कटानी समेत गर्न पाउने भएको कारण यसमा सर्बसाधरणको मोह बढेको उहाँको भनाई छ । यसबाट आम्दानी हुन केही समय कुर्न परेपनि आम्दानी दिनेबारे भने सबैजना ढुक्क भएको पौडेलले बताउनुभयो ।
उहाँको पनि न्यौपानेको जस्तै नीजि स्वामित्वमा रहेको जग्गामा भएका रुख सरकारले काट्ने अधिकार पनि दिनुपर्ने तर्क रहेको छ ।
वन ब्यबस्थापनको लागी सामुदायिक वनसंगै पारिवारिक नीजि वनको समेत आबश्यक्ता रहेको बताइएको छ ।
यद्यपी सरकारले निजी जग्गामा भएका साल, अस्ना र कर्मालगायत केही प्रजातिका रूख व्यक्तिगत रूपमा कटान गर्न प्रतिन्बन्ध लगाएको छ । अन्यमा पनि रुखको प्रजाति र काठको गुणस्तरअनुसार सरकारलाई कर तिर्नुपर्छ ।
सबैभन्दा राम्रो मानिने टिकको रुखमा प्रतिघनमिटर ६५ रुपैयाँ कर तिरेपछि मात्रै बेच्न पाइन्छ । कमसल र धोदिएको काठमा पनि प्रतिघनमिटर नौ रुपैयाँ ७५ पैसा कर छ । निजी तथा पारिवारिक वन पालेका किसान भने यस्तो कर र डिभिजन वनबाट स्वीकृति लिनुपर्ने प्रावधानको विरोधमा छन् ।
यद्यपि, नयाँ प्रस्तावित ऐनमा यही व्यवस्था रहेको छ । वन नीति, २०७५ मा कृषि वनलाई प्रबद्धर्धन गर्ने, त्यसमार्फत गरिबी निवारण गर्ने लगायतका विषय छन् ।
वन तथा वातावरण मन्त्रालयको गत आर्थिक वर्षको तथ्यांक अनुसार देशभरमा १ करोड ८० लाख क्युविक फुट काठ उत्पादन भएको थियो । त्यसमा निजी वनको योगदान १ करोड २० लाख क्युविक फुट थियो ।
तथ्यांक विभागको पछिल्लो तथ्यांक अनुसार ३८ लाख ३१ हजार ९३ जनाको निजी तथा पारिवारिक वन छ । यस्तो वनले देशको ११ प्रतिशत भूभाग ओगटेको छ । नेपाली बजारमा आवश्यक काठमध्ये ४० प्रतिशत आपूर्ति गरेको छ ।