नेकपा हेटौँडा नगर कमीटीले पूर्णता पाएसंगै १ सय १ सदस्यले सपथ लिए(तस्विरहरु)
नेपाल कम्युनिष्ट पार्टी हेटौँडा उपमहानगर कमीटीले पूर्णता पाएसंगै सदस्यहरुले सपथ लिएका छन् ।
प्रमुख अतिथी पार्टीका केन्द्रीय सदस्य केदार न्यौपानेले आज १ सय १ सदस्यहरुलाई सपथ ग्रहण गराउनु भएको हो ।
पार्टी जिल्ला कमीटीले हेटौँडा उपमहानगरमा पूर्व एमालेका तर्फबाट रघु आचार्य अध्यक्ष र पूर्व माओवादीका तर्फबाट तीर्थ थापालाई सचीवको जिम्मेवारी टुङ्ग्याए पनि सदस्यहरुको टुङ्गो नलाग्दा उपमहानगर कमिटीले पूर्णता पाएको थिएन ।
सदस्यहरुमा पूर्व एमालेका तर्फबाट ६२ जना र पूर्व माओवादीका तर्फबाट ३९ जना रहने गरी उपमहानगर कमीटी गठन गरिएको छ ।
कार्यक्रममा बिशीष्ट अतिथी केन्द्रीय सदस्य एवम् तीन नम्बर प्रदेश सभा सदस्य कुमारी मुक्तान, राष्ट्रिय सभा सदस्य रामचन्द्र राई, पार्टी अध्यक्ष एवम् प्रदेश सांसद मुनु सिग्देल, पार्टी सचीब एवम् प्रदेश सांसद प्रेम बहादुर पुलामी, प्रदेश सांसद जुनेली श्रेष्ठ, पूर्व सांसद अनन्त पौडेलको आतिथ्यतामा सपथ ग्रहण कार्यक्रम भएको हो ।
कार्यक्रम उपमहानगर कमिटी अध्यक्ष रघु आचार्यको अध्यक्षता भएको हो ।