कृषि तथा पशुपन्छी बिकास कार्यक्रमका लागि ४६ वटा कार्यबिधि निर्माण  

छहारी संवाददाता
मंसिर ४, २०७६

सम्झना रिजाल/ प्रदेश तीनको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषि तथा पशुपन्छी विकास कार्यक्रम लागि कार्यबिधि निर्माण प्रकृया पुरा गरेकोे छ ।

मन्त्रालयले कृषि तथा पशुपन्छी विकासका विभिन्न कार्यक्रम सफल पार्ने उद्देश्यले ४६ वटा कार्यबिधीहरु निर्माण गरेको  हो । निर्माण गरिएका सबै  कार्यबिधि स्विकृत भइसकेको मन्त्रालयले जनाएको छ ।

यसअघि संङघीय कानुनले समेट्न नसकेका सामुहिक खेती तथा चक्लाबन्दी कार्यक्रम, कृषि यान्त्रिकीकरण कार्यक्रम, बृहत्तर फलफुल विकास कार्यक्रम, बिषादी परिक्षण तथा कृषि स्वयंसेवक परिचालन, बाँदर ब्यबस्थापन बिशेष कार्यक्रम,अल्प सङख्यकको मागमा आधारित बिशेष कार्यक्रम, एकीकृत नमुना बस्ती कृषी पर्यटन कार्यक्रम सम्बन्धी बिषयहरुमा समेत प्रदेश मन्त्रालयले कार्यबिधि निर्माण गरेको  मन्त्रालयका सुचना अधिकारी सुजन कँडेलले  जानकारी दिननुभयो ।

यसै गरी कार्यबिधिले एकीकृत नमुना कृषी र्फाम बिकास तथा बिस्तार कार्यक्रम,साझेदारी दुध पाउडर प्लान्ट निमार्ण कार्यक्रम जस्ता बिषयलाइ पनि समेटेको छ ।

कार्यबिधि निर्माण पश्चात प्रदेश सरकारले कृषि सम्बन्धि निति तथा योजना र कार्यक्रमलाई सफल पार्न बाटो खुलेको कंडेलको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*