मकवानपुर बहुमुखि क्याम्पस चिफ र समिति कार्यकक्षमा नेविसंघद्वारा तालाबन्दि

छहारी संवाददाता
मंसिर ४, २०७६

नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखी क्याम्पस इकाइ समितीले अाज विहान क्याम्पस प्रमुख कार्यकक्ष र क्याम्पस संचालक समितिकाे मुलगेटमा ताला लगाएका छन । 
शैक्षिकसत्र २०७६/७७ को लागि कक्षा ११ को रजिस्ट्रेसन फारम भर्दा बढी शुल्क लिएको भन्दै नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखी क्याम्पस इकाइ समितीले केहि दिन अघि मात्र ४८ घण्टे अल्टिमेटम सहित प्रशासनलाई ध्यानाकर्षण गराएको थियाे ।

फारम शुल्क ४०० रुपैयाँ लिनु पर्नेमा ५०० लिएको र डबल दस्तुर ८०० रुपैयाँ लिनुपर्नेमा १००० लिएकोमा उक्त रकम फिर्ता गर्न नेविसंघले ध्यानाकर्षण पत्र वुझाएकाेमा उक्त अवधि भर क्याम्पसले नेविसंघकाे माग प्रति वेवास्ता गरेकाे भन्दै ताला लगाएका हुन । 

नेविसंघका संयोजक सन्तोष चौलागाई र सहसंयोजक मिलन पुडासैलीद्धारा हस्ताक्षरीत ज्ञापन पत्र सहित ताला लगाएका हुन । जवसम्म रकम फिर्ता हुदैन तवसम्म ताला बन्दी कायम रहिरहने सन्ताेष चाैलागाइले बताएका छन । 

साथै यस्तो गैर जिम्मेवार कार्यमा संलग्न हुनेलाइ छानबिन गरि कार्वाहीको दायरामा ल्याउन नेविसंघले जोडदार माग गरेको छ । आर्थिक पारदर्शीतामा ध्यान दिन पनि नेविसंघले सचेत गराएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*