लागुऔषध सहित भैसेबाट १ जना पक्राउ

छहारी संवाददाता
मंसिर ४, २०७६

मकपानपुरको भैंसे प्रहरी चोकीले लागु औषध सहित १ जना पक्राउ गरेको छ ।

भिमफेदी गाउपालिका २ मा रहेको भैंसे प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले बाराको कलैया उपमहानगरपालिका ७ बस्ने २१ वर्षका नन्द भगत मालीलाई लागूऔषध सहित नियन्त्रणमा लिएको हो ।

भगतको साथबाट लागू औषध नाइट्रोभेट २ पत्ता (१९ टेयाब्लेट) बरामद भएको प्ररीले जनाएको छ ।

हेटौडाबाट पालुङ जाँदै गरेका बा ५२ प ३३२६ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा उक्त परिमाणमा लागूऔषध बरामद भएके जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाइएको छ ।

उनलाई अनुसन्धानको लागि जिप्रका ल्याइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*