हर्नामाडीको गोरक्षनाथलाई प्राविधिक शिक्षालय बनाउन महायज्ञ(तस्विरहरु)

पहिलो दिनमै २२ लाख ५० हजार रुपैयाँ संकलन
छहारी संवाददाता
मंसिर ४, २०७६

हेटौंडा १८ हर्नामाडी फुर्केचौरमा रहेको गोरक्षनाथ माविलाई प्राविधिक शिक्षालय बनाउनको लागि आज मंगलबारबाट श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ ।

सप्ताह ज्ञान महायज्ञ मूल समारोह समितिका अध्यक्ष एवं ३ नम्बर प्रदेशका प्रमूख प्रतिपक्ष दलका नेता ईन्द्रबहादुर बानियाँको सभाध्यक्षता तथा ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेलको प्रमूख आतिथ्यतामा सप्ताहको समुद्घाटन भएको हो ।

महायज्ञको समुद्घाटमा बोल्दै मूख्यमन्त्री पौडेलले सरकारी विद्यालयहरुले भौतिक पूर्वाधारका साथसाथै गुणस्तरीय शिक्षा दिएर निजी विद्यालयहरुलाई निरुत्साहित गर्नुपने बताउनुभयो ।

गुणस्तरीय शिक्षाको लागि विद्यालयका शिक्षक र विद्यालय व्यवस्थापनको ठूलो हात रहेको भन्दै यसतर्फ ध्यान दिंदै निजी विद्यालय तर्फ आफ्ना बालबच्चा बढाउने अभिभावकलाई सरकारी विद्यालयतर्फ ल्याउन शैक्षिक गुणस्तरमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

आजबाट मंसिर १० गतेसम्म पण्डित दिनबन्धु पोख्रेलले बाचन गर्ने सप्ताह ज्ञान महायज्ञमा प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, हेटौंडा १८ का वडाअध्यक्ष अनिल बानियाँ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्रराज बानियाँ, समाजसेवी हर्क रम्तेल, त्यसै विद्यालयकी कक्षा २ मा अध्ययनरत छात्रा कुसुम भोम्जनले मन्तव्य व्यक्त गरेका थिए ।

सप्ताह ज्ञानमहायज्ञको सुरुवात भएको पहिलो दिनमै २२ लाख ५० हजार रुपैयाँ संकलन भएको छ । महायज्ञमा विद्यालयका संस्थापक अध्यक्ष सुरेन्द्रराज बानियाँबाट १० लाख रकम बराबरको एक कट्टा जग्गा दान गर्नुभएको छ भने मूलसमारोह समितिका अध्यक्ष ईन्द्रबहादुर बानियाँबाट १ लाख, हेटौंडा १८ का मुक्तप्रसाद चौलागाईबाट २ लाख ५१ हजार, विद्यालयका शिक्षक कर्मचारीहरुबाट ४ लाख ८ हजार, विद्यालयका संस्थापक जगतबहादुर थापाबाट ५ लाख रुपैयाँ संकलन भएको हो । 

२ कक्षासम्म अंग्रेजी माध्यमबाट पढाई हुने विद्यालयले प्राविधिक शिक्षा संचालनको लागि महायज्ञ लगाईएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्रराज बानियाँले जानकारी दिनुभयो । मंसिर ३ गतेबाट १० गतेसम्म संचालन हुने महायज्ञमा करिब २ करोड संकलन गर्ने लक्ष्य रहेको अध्यक्ष बानियाँले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*