स्थानीय तहमा कागजपत्र मिलाउने पैसा खाने काम भइरहे छ: माधव नेपाल

छहारी संवाददाता
मंसिर ३, २०७६

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले स्थानीय तहहरु कामभन्दा लुट्न व्यस्त रहेको टिप्पणी गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले भने, ‘पैसाले उनीहरुले दुईटा मात्र होइन, तेस्रो नेत्र पछि उघ्रिएको छ । आफूसँग मिल्ने कर्मचारी लिएर गयो, कागजपत्र मिलायो, अनि धमाधम पैसा खायो ।’स्थानीय तहलाई अधिकार दिनुपर्ने तर अनुगमन पनि गर्नुपर्ने नेता नेपालले बताए । कडाईका साथ अनुगमन गरेर राम्रो कामलाई पुरस्कृत र नराम्रो गर्नेलाई दण्डित गर्नुपर्ने भन्दै उनले भने, ‘सात पुस्ताको सम्पत्ति जफत गर्ने तहमा गइयो भने बल्ल तह लाग्छ । नभए नेपालीहरु सजिलै तह लाग्नेवाला छैन ।’

कर्मचारीलाई पनि अधिकार मात्र चाहिएको उनले बताए । नियुक्ति, सरुवा बढुवामा घुस’ नेकपा वरिष्ठ नेता नेपालले अघि भने, कर्मचारी संलग्न छन् कि ? नेता संलग्न छन् कि ? मन्त्री संलग्न छन् ? यिनैले सब बिगारेका छन् ।’ अनलाइनखबरबाट 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*