ज्यामिरेमा एक दिने निशुल्क आँखा शिविर संचालन हुँदै 

छहारी संवाददाता
मंसिर ३, २०७६

हेटौंडा १९ ज्यामिरेमा रहेको शहरी स्वास्थ्य चौकीमा एक दिने निशुल्क आँखा शिविर संचालन हुने भएको छ ।

हेटौंडा सामुदायिक आँखा अस्पतालको आयोजनामा यहि मंसिर १४ गते शनिबार शिविर संचालन हुन लागेको हो ।

स्थानीय आयोजक महिला सशक्तीकरण तथा गरिबी निवारण समूह नेपाल मकवानपुर र हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ रहेक शिविर बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म संचालन हुनेछ ।

शिविरमा जाँच गराउदा मोतिबिन्दुको बिरामी भेटिए सामुदायिक आँखा अस्पतालमा निशुल्क अप्रेसनको वयवस्था रहेको महिला सशक्तीकरण तथा गरिबी निवारण समुहकी अध्यक्ष इन्दिरा न्यौपानेले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*